काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५३ पैसा तोकिएको छ । यस्तै, युके पाउण्ड स्ट्रलिङको खरिददर २०८ रुपैयाँ ७३ पैसा र बिक्रीदर २०९ रुपैयाँ ५५ पैसा तथा स्वीस फ्रयाङ्कको खरिददर १९१ रुपैयाँ २३ पैसा र बिक्रीदर १९१ रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ ।
अस्ट्रेलियन डलरको खरिददर १०९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८९ पैसा तथा क्यानेडियन डलरको खरिददर १११ रुपैयाँ १७ पैसा र बिक्रीदर १११ रुपैयाँ ६१ पैसा कायम भएको छ । सिंगापुर डलर एकको खरिददर १२० रुपैयाँ ४५ पैसा र बिक्रीदर १२० रुपैयाँ ९२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६७ पैसा कायम गरिएको छ । त्यस्तै, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल, थाइ भाट, युएई दिराम, मलेसियन रिङ्गेट, दक्षिण कोरियाली वन, स्वीडिस क्रोनर र डेनिस क्रोनरको विनिमयदर पनि निर्धारण गरिएको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।