सोमबार, साउन २५ २०८३

सोमबार, साउन २५ २०८३

सिप्रदीले सञ्चालनमा ल्यायो कपन वर्कसपमा ८६.४ किलोवाटको सौर्य ऊर्जा प्लान्ट

सोमबार, साउन २५ २०८३

काठमाडौं(जस)–सिप्रदी ट्रेडिङ प्रालि र प्राइम रिन्युएबल्स प्रालिको सहकार्यमा काठमाडौंको कपनस्थित सिप्रदी वर्कसपमा ८६.४ किलोवाट पिकक्षमताको रूफटप सोलार प्लान्ट सञ्चालनमा आएको छ । प्लान्टको सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ र प्राइम रिन्युएबल्स प्रालिका अध्यक्ष आशिष गर्गले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । सम्झौता भएको तीन महिनाको अवधिमै निर्माण सम्पन्न भएको प्लान्टबाट वार्षिक करिब १ लाख ४० हजार युनिट स्वच्छ विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ । प्लान्टमा एआईमा आधारित हरित ऊर्जा डिजिटल प्रविधिको प्रयोग गरिएको छ ।
सिप्रदीका सीईओ श्रेष्ठले विद्युतीय सवारीसाधनको बिक्री–वितरणसँगै त्यसको चार्जिङ, मर्मत तथा सर्भिसिङ प्रक्रियालाई समेत वातावरणमैत्री बनाउने उद्देश्यले परियोजना सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार विद्युतीय सवारीसाधन आफैँमा वातावरणमैत्री भए पनि त्यसको चार्जिङ, मर्मत तथा सर्भिसिङका लागि प्रयोग हुने ऊर्जासमेत स्वच्छ बनाउन आवश्यक भएकाले कपन वर्कसपबाट उक्त अभियान सुरु प्राइम रिन्युएबल्सका अध्यक्ष गर्गले विद्युतीय सवारीसाधनलाई ऊर्जा उपलब्ध गराउने स्रोत पनि स्वच्छ हुँदा मात्र वास्तविक दिगोपन हासिल गर्न सकिने बताए ।
उनले सिप्रदी ट्रेडिङ तथा टाटा मोटर्सजस्ता ब्रान्डसँगको सहकार्यले व्यावसायिक क्षेत्रमा सौर्य ऊर्जाको प्रयोग विस्तार गर्ने सम्भावना देखाएको बताए । सौर्य ऊर्जाको प्रयोगले विद्युत् खर्च घटाउनुका साथै अटोमोबाइल सर्भिसिङ तथा मर्मतसम्भार क्षेत्रमा हुने कार्बन उत्सर्जन घटाउन सहयोग पुग्ने उनको भनाइ छ । नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढिरहेका बेला ईभीको चार्जिङदेखि सर्भिसिङसम्म स्वच्छ ऊर्जा प्रयोग गर्ने उद्देश्यले परियोजना सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्लान्टबाट उत्पादन हुने स्वच्छ ऊर्जाले कार्बन उत्सर्जन घटाउन योगदान पु¥याउनेछ । सिप्रदी र प्राइम रिन्युएबल्सको सहकार्यले व्यावसायिक क्षेत्रमा सौर्य ऊर्जाको एकीकरणलाई थप प्रोत्साहन गर्दै नेपाललाई शून्य उत्सर्जनतर्फ अघि बढाउने प्रयासमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार