काठमाडौं, गैरआवासीय नेपाली संघ एनआरएनए आईसिसिको आईतवार बसेको बैठकले सल्लाहकार नियुक्ति लगाएत विभिन्न समिति बनाउने निर्णय गरेको छ । संघका अध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको हो ।
सर्वोच्च अदालतको परामादेशबाट गठित उच्चस्तरीय समितिले गरेको महाधिवेशनबाट निर्वाचित महेश कुमार श्रेष्ठ नेतृत्वको अन्तर्राष्ट्रिय समन्व्य परिषद् (आइसीसी)को आइतबार बसेको भर्चुअल बैठकले विधानको धारा १७ को उपधारा ९ अनुसार सल्लाहकारहरु नियुक्ति गरेको हो ।
सल्लाहकारहरुमा नरेन्द्र भाट,सोनाम लामा, रोविन्द्र श्रेष्ठ (गोविन्द), बेद प्रसाद खरेल,
थर्क सेन, जानकी गुरुङ,शनिकुमार ओली,दुर्गा आचार्य, नारायण आचार्य, हिक्मत थापा,
उमेश पुडासैनी, प्रकाश धमला, नबिन शेरचन, चित्र सुवेदी, तिलक के.सी., बन्दना सापकोटा शर्मा, आनन्द विष्ट, विष्णु सुवेदी, नारायण थापा, नारायण सुवेदी, विश्व बराल, पूर्ण हमाल, विनोद शाह, कृष्ण गिरी र पुरन गिरी रहेका छन ।
यसैगरी, बैठकले पोलिसी एडभोकेसी कमिटी पहिलो पटक गठन गरेको छ । तीन जनाको कमिटीमा खगेन्द्र जिसी संयोजक रहेका छन् भने कञ्चन पोखरेल र सुरेन्द्र श्रेष्ठलाई सह संयोजक तोकिएको छ । यसलाई पछि पुर्णता दिइने छ । कमिटीले एनआरएनएको नीतिगत कुराहरुमा सहयोग गर्ने छ ।
यसैगरी बैठकले विभिन्न टास्कफोर्सहरुको बारेमा पनि निर्णय गरेको संघका सचिव चिन्तामणी सापकोटाले जानकारी दिए ।
अनुशासन समितिमा दिल गुरुङ, सुवास जोशी र भुवानी प्रसाद तिम्मिल्सेना रहेका छन् ।
संघले सेप्टेम्बर २१ तारिखमा युएईमा हुने विधान सम्मेलनको तयारीलाई तिब्रता दिने निर्णय गरेको छ । विधान समिति पनि आजको बैठकले गठन गरेको छ । संघका महासचिव बाबुराम (बीआर) लामाको संयोजकत्वमा विधान समिति गठन गरिएका हो । जसको सहसंयोजकमा गुणराज शर्मा, कृष्ण गिरी र लोकप्रसाद दाहाल रहेका छन् भने सदस्य सचिवमा विमल सुवेदी रहेका छन् । यस्तै सदस्यहरुमा बलराम श्रेष्ठ र मन थापा रहेका छन् ।
एनसीसीको एकता तथा समन्वय समितिको संयोजकको जिम्मेवारी प्रवक्ता गंगाधर गौतमलाई दिइएको छ ।
बैठक सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको वरिस्ठ उपाध्यक्ष खगेन्द्र न्यौपानेले बताए ।