शनिबार, साउन २३ २०८३

शनिबार, साउन २३ २०८३

प्राइम बैंकको कामु सीईओमा सञ्जीव मानन्धर नियुक्त

बुधबार, साउन १७ २०८०

काठमाडौं । प्राइम कमर्सियल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सञ्जीव मानन्धर नियुक्त भएका छन् ।

आज बसेको बैंक सञ्चालक सिमितको बैठकले मानन्धरलाई कामु सीईओमा नियुक्त गरेको हो । हाल मानन्धर बैंकमा महाप्रबन्धक थिए । बैंकका सीईओ नारायणदास मानन्धरको कार्यकाल साउन १६ गतेदेखि सकिएको छ ।

नारायणदास मानन्धरको कार्यकाल सकिएपछि अर्को व्यवस्था नभएसम्मका लागि सञ्जीव मानन्धरलाई कामु सीईओको जिम्मेवारी दिएको बै‌कले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार