शनिबार, साउन २३ २०८३

शनिबार, साउन २३ २०८३

नेपाल रेमिट र कुवेतको अमान एक्चेञ्ज कम्पनीबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

बुधबार, साउन १७ २०८०

काठमाडौँ । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र कुवेतको अमान एक्स्चेञ्ज कम्पनीबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।

रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र अमान एक्स्चेञ्ज कम्पनी डब्लु.एल.एल का तर्फबाट महाप्रबन्धक टाइटस डिडाकोज इनामाकेल ले हस्ताक्षर गरेका हुन् ।

रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षरपछि नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भने, ‘कुवेतको प्रमुख रेमिट्यान्स् कम्पनी अमान एक्सेञ्जसँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौँ । कुवेतमा रहनुभएका नेपालीहरूले अबदेखि सहजै नेपाल रेमिट मार्फत नेपालमा सहजै रियल टाइममै रकम पठाउन सक्नुहुनेछ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार