आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

बाजुराको बुढीनन्दा–५ मा पुनः मतदान सम्पन्न, ५९६ जनाले मतदान गरे

आइतबार, मंसिर ११ २०७९

बाजुरा(जस)–बुढीनन्दा नगरपालिका–५ मा शनिबार भएको पुनः मतदानमा ५९६ मत खसेका छन् । कुल ९९९ मतदाता रहेकोमा ५९६ जनाले मतदान गरेका छन् । मंसिर ४ गते दुई पक्षबीच सुरुमै विवाद भएपछि चुनाव स्थगित गरिएको थियो ।
निर्वाचन आयोगले चुनाव स्थगित गरी मंसिर १० गते (आज) लागि पुनः मतदानको मिति तोकेको थियो । ९९९ जना मतदाता रहेको मतदान केन्द्रमा ५९६ जनाले मतदान गरेको जिल्ला समन्वय अधिकारी समेत रहेका मतदान अधिकृत किरन विकले जानकारी दिए ।
मंसिर ४ गते सुरुमै विवाद भए पनि पुन मतदान शान्तपूर्वक सम्पन्न भएको छ । बिहानदेखि नै मतदाता लाइनमा बसेर शान्तिपूर्ण वातावरणमा मतदान गरेका हुन् । कडा सुरक्षाका बीच गरिएको पुनः मतदान गरिएको केन्द्रको मतपेटीका रातिसम्म मार्तडी पु¥याउने निर्वाचन कार्यालयले तयारी गरेको छ ।
बुथ कब्जा गरिएको आरोपसहित जिल्लामा नेपाली काँग्रेस र नेकपा एमालेले उजुरी गरेपछि बाजुराको मतगणना अन्योल बनेको छ । पुनः मतदान तोकिएको वडाको मतदान सकिए पनि मतगणना कहिले हुने यकिन नभएको निर्वाचन अधिकारी नवराज अवस्थीले बताएका छन् । दलहरुले दिएको उजुरीमाथि छानवीन भइरहेकाले अहिले नै भन्न नसकिने अधिकारी अवस्थीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार