काठमाडौं(जस)–टीभीएसले दशैंलाई लक्षित गर्दै ‘टीभीएस गोल्डेन की’ योजना सार्वजनिक गरेको छ । नेपालका लागि टीभीएसका आधिकारिक वितरक जगदम्बा मोटर्सले ल्याएको योजनामा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले निश्चित पुरस्कारदेखि दैनिक लक्की ड्रसम्मका सुविधा पाउने भएका छन् । योजनाअन्तर्गत टीभीएसका कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले तीनमध्ये एक निश्चित पुरस्कार प्राप्त गर्ने कम्पनीले जनाएको छ । ग्राहकले १० लाख रुपैयाँसम्म नगद छुट, गोल्ड की वा खरिद मूल्यको शतप्रतिशतसम्म क्यासब्याकमध्ये कुनै एक पुरस्कार पाउनेछन् ।
यस्तै, योजनाअन्तर्गत दैनिक लक्की ड्रमार्फत हरेक दिन दुई जना ग्राहकले पाँच वर्षसम्म निःशुल्क सर्भिस पाउनेछन् । सवारीसाधन खरिदपछि पनि ग्राहकलाई दीर्घकालीन सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको कम्पनीले जनाएको छ । दशैंमा सवारीसाधन खरिदलाई सहज बनाउन योजनामा फाइनान्स सुविधासमेत समावेश गरिएको छ । सम्बन्धित नियम तथा सर्त लागू हुने गरी ग्राहकले उक्त सुविधा लिन सक्नेछन् ।
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले दशैंलाई लक्षित गरेर ग्राहकलाई थप मूल्य र आकर्षक अवसर उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको बताए । कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले योजनामार्फत टीभीएसका ग्राहकलाई थप मूल्य, उपयोगी लाभ र चाडपर्व मनाउने थप अवसर उपलब्ध हुने दाबी गरे । जगदम्बा मोटर्स नेपालमा टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक हो । कम्पनीले देशभरको बिक्री तथा बिक्रीपछिको सेवा सञ्जालमार्फत टीभीएसका मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको छ ।