आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

धनगढीमा स्वतन्त्र उम्मेदवार हमालकाे अग्रता कायमै, पछ्याउँदै गठबन्धन

आइतबार, जेष्ठ १ २०७९

धनगढी । कैलालीकाे धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन् ।

आइतबार बिहानसम्म २ हजार ४५३ मतगणना हुँदा हमालले १ हजार ३३६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार कांग्रेस नेता नृपबहादुर वडले ६ सय ९३ मत पाएका छन्

एमालेका उम्मेदवार रणबहादुर चन्दले १ सय १७ मत मात्र पाएका छन् । अहिले धनगढी-१ को मतगणना भइरहेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार