काठमाडौ । नेपाल पत्रकार महासंघ कतार शाखाको सातौ अधिवेशन सम्पन्न भएको छ । शुक्रवार सम्पन्न भएको अधिवेशनले करिम बक्स मियालाई पुनः आगामी कार्यकालको अध्यक्षमा सर्वसम्मत गर्दै ८ सदस्यीय नया कार्य समिति चयन गरेको छ । नया कार्य समितिको चयन सर्वसम्मतरुपमा भएको निर्वाचन समितिका संयोजक क्रान्ती सिहले जानकारी दिएका छन । उनका अनुसार गत डिसेम्वरमा नै अधिवेशन गर्ने तयारी गरिए पनि कोभिड १९ का कारण उत्पन्न विषम परिस्थितीले अधिवेशन ढिला सम्पन्न गर्न बाध्य भएको हाे ।नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुमा उपाध्यक्षपदमा नवराज बिक र दिल कुमार श्रेष्ठ, सचिवमा ढाकाराम पौडेल (अर्जुन), सहसचिव दिलीप पराजुली, कोषाध्यक्ष दिनेश मानन्धर र सदस्यहरू लीलामणि पन्थी र टेकराज थापा रहेका छन । महासंघको विधान पद्दति अनुसार नयाँ कार्यसमितिको पूर्ण बैठक पछि पार्षद् आव्हान गरिने र महिलालाई प्राथमिकतामा राखेर कार्य समिति थप बिस्तार गरिने नव निर्वाचित अध्यक्ष करिम बक्स मियाँले बताएका छन । नवनिर्वाचित अध्यक्ष मियाले कतारको कानुनको परिपालना तथा सम्मान गर्दै महासंघले कार्यसम्पादन गर्ने र आगामी परिस्थिति अनुकूल रहे प्रशिक्षणमुलक कार्यक्रमको आयोजना गरि कतार शाखालाई थप सुदृढ र सवल वनाउने प्रतिबद्धता ब्यक्त गरेका छन ।