सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एनआरएनए युकेको सदस्यता आवेदनको समयावधी थपियो,छुटेकाहरुलाई सदस्यता लिन अध्यक्षका प्रत्याशी प्रेम गाहाको आग्रह

आइतबार, जेष्ठ ३० २०७८

काठमाडौ । गैर आवासीय नेपाली संघ(एनआरएनए) राष्ट्रिय समन्वय परिषद(एनसीसी)युकेको आगामी निर्बाचनको लागी खुल्ला गरिएको सदस्यता आबेदनको म्याद थप गरिएको छ। यहि ३१ जुलाईमा हुन गईरहेका निर्बाचनको लागी जुन १० सम्म सदस्यता आबेदनको अवधी तोकीएको थियो तर चार दिन थप गरि जुन १४सम्म आबेदनको अवधी थप गरिएको हो। एनआरएनए एनसीसी युकेका उपाध्यक्ष तथा आगामी निर्बाचनमा अध्यक्षका उम्मेद्धार प्रेम गाहा मगरले ४ दिन थप गरि जुन १४ सम्म आबेदन दिन सकिने जानकारी दिएका छन। उनले थपिएको अबधीमा सदस्यता नलिएकाहरुलाई सदस्यता लिन आग्रह गरेका छन । एनसीसी युकेको सदस्यता आबेदनको म्याद थप गर्ने बिषयमा बिबाद भएको थियो ।एनसीसी युकेका ५ उपाध्यक्षहरुले संयुक्तरुपमा सदस्यता आबेदन तोकीएको अबधीमा रोक्न माग गर्दै एनसीसी युके अध्यक्ष र एनआरएनए युरोप अध्यक्ष समक्ष पत्राचार समेत गरेका थिए ।
हेर्नुहोस अपिलः
एनआरएनएको सदस्यता लिनु भयो ?
आदरणीय बेलायतवासी बुवाआमा, दाजुभाई तथा दिदीबहिनीहरु !
गैरआवासीय नेपाली संघ, यूकेको आगामी नेतृत्व चयन गर्ने उद्देश्यले खुला गरिएको सदस्यता आवेदनको म्याद अब ३ दिन मात्रै बाँकी छ । जुन १४ भित्र सदस्यता लिनुहुने महानुभावहरुले मात्र ३१ जुलाईमा हुने निर्वाचन प्रक्रियामा मतदान गर्न र उम्मेदवार हुन पाउने व्यवस्था रहेको छ ।
हाम्रो आह्वान अनुसार सदस्यता लिइसक्नु भएकाहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । यदि अहिलेसम्म सदस्यता लिनु भएको छैन भने तल समावेश गरिएका लिंकहरुमा गएर जतिसक्दो छिटो सदस्यता लिनु हुन अनुरोध छ । सदस्यता आवेदन फाराम भर्न कुनै समस्या भए सम्पर्क गर्न पनि अनुरोध छ ।
एनआरएन सदस्य किन बन्ने ?
१. प्रवासी नेपालीहरुको साझा संस्थामा आफूँलाई सहभागी गराउन ।
२. विभिन्न कारणले विदेशिएका नेपाली मनहरुलाई मातृभूमिसँग जोड्न ।
३. विदेशमा नेपाली भाषा, कला, संस्कृति र पहिचान फैलाउन ।
४. एनआरएन सूचीकृत भएका विभिन्न संस्था तथा कम्पनीबाट छुट पाउन ।
५. एनआरएनले स्थापना गरेको इन्स्फ्रास्टक्चर तथा डिभलपमेन्ट फण्डको शेयर होल्डर बन्न ।
६. एनआरएन एनसीसीको निर्वाचनमा उम्मेदवार बन्न तथा मतदान गर्न ।
७. एनआरएन आइसीसीको निर्वाचनमा उम्मेदवार बन्न मतदान गर्न
तलको लिकंमा गएर तपाईले आफू र आफ्नो परिवारको सदस्यताका लागि निवेदन दिन सक्नुहुनेछ । फारम भर्न तपाईंको Recent फोटो, फोटो आइडी कार्ड ( proof of id ) र प्रुफ अफ एड्रेस ( proof of address ) आवश्यक पर्छ । तपाईसंग driving licence छ भने दुवैको काम गर्छ ।
सदस्यता फारम भर्न कम्प्युटरबाट यो लिंकमा जानुहोस् :
Desktop को लागि:
https://members.nrna.org/login
Apple mobile को लागि:
https://apps.apple.com/gb/app/smart-nrna/id1544254635
Android mobile को लागि:
https://play.google.com/store/apps/details…
कसरी फारम भर्ने भन्ने जान्न तलको भिडियो हेर्नुहोस् :

सदस्यता फारम भर्न कुनै प्राविधिक सहयोग वा जानकारी आवश्यक परे हाम्रो सम्पर्क कार्यालय, स्वयमसेवी साथीहरु वा म आफैलाई सिधै सम्पर्क राख्न सक्नुहुनेछ ।
पुनः अनुरोध
सदस्यता लिने अवधि १० जुनसम्म मात्रै छ । एनआरएनए पवित्र अभियानमा सहभागी हुनबाटा कोही पनि नछुटौं, कोही पनि बन्चित नहोऔं ।
तपाईंकै
प्रेम गाहा मगर
उपाध्यक्ष तथा अध्यक्ष पदको उम्मेदवार
एनआरएनए, एनसीसी, यूके
फोन नम्बर : ०७८३३५०७६६६

प्रतिक्रिया
सम्बन्धित समाचार