काठमाडौं । नेपाली व्यबसायी संघ कतारको पहिलो बैठक सम्पन्न भएको छ । सो बैैठकले संरक्षक, सदस्य, प्रवक्ता तथा विभिन्न विभागमा संयोजक मनोनित गरेको छ ।
संघका महासचिव रमेश भट्टले दिएको जानकारी अनुसार नेपाली व्यवसायी संघ, कतारको बैंठकबाट संरक्षकमा डा देबकाजि डंगोल, समीर मास्के, बद्री पाण्डेलाई चयन गरिएको छ । यस्तै सल्लाहकार संयोजकमा टिबि कार्कि, सदस्यमा डा नितेश अर्याल, ई प्रतिभ झा, प्रशुराम दाहाल, मधुकर रिजाल, बिकाश प्रसाइ, प्रबिन गुरुङ, महमद मुक्तदा मुसलमान, शंकर न्यौपानेलाई चयन गरिएको छ ।
नेपाली व्यवसायी संघ कतारको प्रथम अधिवेसन सम्पन्न, अध्यक्षमा महेन्द्र चम्लागाइ, महासचिबमा भट्ट
बैठकले प्रबक्तामा युबराज शर्मा तथा दुर्इजना मनोनित सदस्यमा अर्जुन मुडवारी र राजेन्द्र देबकोटा साथै प्रचारप्रशार बिभागको संयोजकमा प्रबक्ता युबराज शर्मा, उप संयोजकमा दिपजंग शाह लाई मनोनित गरेको छ ।