शनिबार, माघ १८ २०७६
कतार /कतार(जस)–कतारमा रहेका नेपाली व्यवसायीहरुको हकहित व्यवसायिक प्रवद्र्धनमा सक्रिय नेपाली व्यवसायी संघ कतारको प्रथम अधिवेसन शुक्रबार दोहामा सम्पन्न भएको छ । कतारमा रहेका नेपाली व्यवसायीहरुलाई एकताको सुत्रमा बाँधेर मर्यादित र सफल व्यवसायी बनाउने उदेश्यले २ वर्ष पहिला स्थापना भएको संघको अधिवेशनले महेन्द्र चौलागाईंको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनमा एनआरएनएका अध्यक्ष कुमार पन्त प्रमुख अतिथि रहेका थिए भने बिशेष अतिथिमा संस्थाका संरक्षक देबकाजी डंगोल, संस्थाका सल्लाहकार टीबि कार्की र पर्शुराम दाहाल रहेका थिए ।
महेन्द्र प्रसाद चम्लागाइको अध्यक्षतामा निर्वाचित कार्यसमितिमा २१ जना सदस्य रहने र कार्यसमितिमा २ जना सदस्य कार्यसमितिको पहिलो बैठकबाट मनोनीत गरिने बताइएको छ ।

समानान्तर मर्यादा क्रम रहने गरि ५ जना उपाध्यक्ष चयन गरिएको छ ।उपाध्यक्षमा राजेन्द्रकुमार शर्मा (आरके), उपाध्यक्ष–नरेन्द्र बहादुर भाट, उपाध्यक्ष–राज रेग्मी, उपाध्यक्ष–सागर नेपाल, उपाध्यक्ष–प्रकाश कोइराला, महासचिव–रमेश भट्ट, सचिब–पुर्ण पोखरिया, सचिब–सुनिल कुमार घिमिरे, कोषाध्यक्ष–चुडामणी कार्की र सह–कोषाध्यक्ष–अब्दुल वासिद रेका छन् । यसैगरि संघमा निर्वाचित सदस्यहरुमा राम कुमार श्रेष्ठ, नबिन सत्याल, युवराज शर्मा, पिताम्बर चापागाइ, धनबहादुर बलायर, रामु रेग्मी, बालकृष्ण शर्मा र सुरज बुढाथोकी रहेका छन् ।
अधिवेशन कार्यक्रमको समापनमा निर्विरोध निर्वाचित भएका सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई अध्यक्ष चौलागाईंले बधाई तथा सफल कार्यकाल र व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्दै सबैलाई साथ र सहयोग गरिरहनसमेत आग्रह गरेका थिए भने एनआरएनए अध्यक्ष सामु भ्रमण बर्ष २०२० सफल बनाउन ब्यबसायी संघले एनआरएनएसँग सहकार्य गर्दै अघी बड्ने प्रतिबदता व्यक्त ।
अध्यक्ष चम्लागाईंले आफुलाई निरन्तर व्यावसायीहरुको हकहितका लागि काम गरिरहन पाउँदा खुशी लागेको बताउँदै नेपाली व्यवसायी संघ कतारले नेपालमा पनि लगानी भित्र्याउन र भिजिट नेपाल २०२० सफल बनाउन कतारबाट व्यावसायीहरु र पर्यटकहरु नेपाल भित्र्याउन विशेष भूमिका खेल्न सक्ने बताए । साथै, नवनिर्वाचित महासचिव रमेश भट्टले नेपाली व्यवसायी संघ कतारले कतारमा रहेका सम्पूर्ण नेपाली व्यवसायीहरुका लागि धेरै सकारात्मक काम गर्दै आएको उल्लेख गर्दै भविष्यमा पनि निरन्तर अझै धेरै कामहरु गर्ने बताए ।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि एनआरएनएका अध्यक्ष कुमार पन्तले एनआरएनए र कतार ब्बबसायी सघबीचको घनिष्ट सम्बन्धबारे प्रशंशा र खुशी ब्यक्त गर्नुका साथै नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन नेपाली व्यवसायी सघलाई आग्रहसमेत गरे । साथै सो कार्यक्रमको अवसरमा नेपाली राजदूतावासका नियोग उपप्रमुख नरेन्द्र ज्ञवाली र श्रम कन्सुलर शिवराम पोखरेललाई उनीहरुले निर्वाह गरेको भूमिकाको उच्च सम्मान गर्दै संस्थाका अध्यक्ष र प्रमुख अतिथि पन्तले दोसल्ला ओढाई सामूहिक सम्मान प्रदान गरेको थिए ।
अधिबेशनको खुल्ला सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि पन्तले कतार आफैमा व्यवसायीहरुका लागि उर्वर भुमी रहेको बताउदै गैर आवासिय संघको खम्बाका रुपमा रहेका व्यवसायीहरु एक ठाउँमा पाउदाँ आफू निकै खुसी भएको वताए ।

पन्तले सबैलाई दिर्घकालिन सवल र सक्षम बनाउन सानो सानो सहभागितामा ठूला, मझौला खालका प्रोजक्ट गर्नु पर्नेमा जोड दिदै भने, ‘हामिले विदेशबाट सिकेर नेपाल गएका नेपालीहरुको ज्ञान, शिप र प्रविधिलाई सदुयोग गर्न सक्यो भने मात्र पनि ठूलो उपलब्धि हुनेछ ।’ पन्तले थपे,-‘ठूलो लगानीको मात्र कुरा नगरौैं, यो भन्दा पृथक ढंगले अगाडि बढ्नु पर्छ र सानोसानो लगानीबाट ठूलो प्रोजेक्ट सम्पन्न गर्नु पर्दछ ।’ पन्तले कतारमा कृयाशिल व्यवसायीहरुलाई उचाईमा पुराउन चालेको यस कदमको उच्च प्रशंसा गर्दै नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सबै व्यवसायीलाई आग्रह पनि गरे ।

संघका संरक्षक डा। देवकाजि डंगोल, सल्लाहकार टिबि कार्की, प्रशुराम दाहाल र संचारकर्मी उषा वाग्लेको विशेष अतिथ्यता रहेको कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका उपाध्यक्ष नरेन्द्र भाटले उपस्थित सबैलाई स्वगत गर्दै सपूर्ण व्यवसायीहरुलाई एकत्रित हुन र केही नयाँ काम गर्न उत्प्रेरित गर्न आग्रह गरेका थिए ।

मेडिकल व्यवसायी डा नितेस अर्याल तथा एनआरएनएका मध्यपूर्व संयोजक प्रविन गुरुङ्गले सम्बोधन गरेको कार्यक्रममा सभापति चौलागाइले कार्यक्रमको समापन गर्दै कार्यक्रम सफल पार्न साथ, सहयोग र अहोरात्र खटिने सबै प्रति आभार व्यक्त गर्दै सबै साथीहरु एकिकृत भैइ सस्थालाई उच्च गति दिन आग्रह गरे । चौलागाईले भ्रमण वर्ष २०२० सफल बनाउन व्यवसायी संघले एनआरएनएसंग सहकार्य गर्दै अघि बढ्ने प्रतिवदता व्यक्त गरे ।

यसै वीच नेपाली राज दुतावासमा ३ वर्ष लामो सेवा गरी नेपाल फिर्ता जाँदै गरेका श्रम शहचारी नरेन्द्र ज्ञवाली र २ वर्ष कार्यकाल समापन गरी नेपाल फिर्ता जानलागेका श्रम काउन्सिलर शिवराम पोखरेललाई व्यवसायी संघले विदाई तथा सम्मान गरेको थियो ।संस्थाका अध्यक्ष चौलागाई र प्रमुख अतिथी कुमार पन्थले दोसल्ला ओडाई सामुहिक सम्मान तथा विदाई गरिएको थियो ।

कार्यक्रममा नेपाली दुतावासका नियोग उप–प्रमुख लक्ष्मण खनाल, गल्फ टाईम्सका प्रतिनिधि, उषा वाग्ले र शिवराज गौतमलाई पनि कतारमा रहेका नेपालीहरुलाई दिएको योगदानको उच्च मुल्याकंन गर्दै मायाको चिनो दिई सम्मान गरिएको थियो । सामाजिक उत्तरदायित्व सहितको व्यवसाय कसरी गर्न सकिन्छ भन्ने विषयमा संस्थाका उपाध्यक्ष तथा सफल व्यवसायी आरके शर्माले सहाभागीहरुलाई प्रस्टाएका थिए भने कार्याक्रमको सहजीकरण संस्थाका महासचिव सागर नेपालले गरेका थिए ।
प्रथम अधिवेसनबाट निर्वाचित कार्यसमिति–
अध्यक्ष – महेद्र प्रसाद चौलागाई
उपाध्यक्ष – राजेन्द्र कुमार शर्मा
उपाध्यक्ष – नरेन्द्र बहादुर भाट
उपाध्यक्ष – राज रेग्मी
उपाध्यक्ष – सागर नेपाल
उपाध्यक्ष – प्रकाश कोइराला
महासचिव – रमेश भट्ट
सचिब – पुर्ण पोखरिया
सचिब – सुनिल कुमार घिमिरे
कोषाध्यक्ष – चुडामणी कार्की
सह–कोषाध्यक्ष – अब्दुल वासिद
सदस्यहरु–
राम कुमार श्रेष्ठ
नबिन सत्याल
युब राज शर्मा
पिताम्बर चापागाइ
धन बहादुर बलायर
रामु रेग्मी
बालकृष्ण शर्मा
सुरज बुढाथोकि
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij