आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

बक्स अफिसमा कबीर सिंह उत्कृष्ट

शनिबार, असार १४ २०७६

मुम्बई(एजेन्सी)–बलिवुड अभिनेता शाहिद कपुर र कियारा अडवाणीको नयाँ फिल्म कबीर सिंहले भारतीय बक्स अफिसमा निरन्तर उत्कृष्ट कलेक्सन गर्दै कैयौ रेकर्ड तोडेको छ । रिलिजको दोस्रो शुक्रबार आठौ दिन फिल्मले १२ करोड २१ लाख कलेक्सन गर्दै बक्स अफिसमा १४६ करोड ६३ लाख कलेक्सन गरेको छ । फिल्मले बक्स अफिसमा कैयौ रेकर्डसमेत तोडेको छ । फिल्मले रिलिजको दोस्रो शुक्रबार गरेको कलेक्सन यस बर्ष रिलिज भएका फिल्म मध्ये नै धेरै गर्दै नयाँ रेकर्ड बनाएको छ । कबीर सिंहपछि दोस्रो शुक्रबार विक्की कौशलको फिल्म उरीले ७ करोड ६६ लाख कलेक्सन गरेको थियो । त्यस्तै टोटल धमालले ४ करोड ७५ लाख कलेक्सन गरेको थियो भने केसरीले ४ करोड ४५ लाख कलेक्सन गरेको थियो भने सलमान खानको भारतले ४ करोड ३० लाख कलेक्सन गरेको थियो । त्यस्तै अमिताभ बच्चनको फिल्म बदलाले ४ करोड ५ लाख र रनबीर सिंहको फिल्म गली ब्वायले ३ करोड ९० लाख कलेक्सन गरेको थियो ।
अघिल्लो शुक्रबार रिलिज भएको कबीर सिंहले पाँचौ दिन मंगलबार १६ करोड ५३ लाख कलेक्सन गर्दै पांच दिनमा १०४ करोड ९० लाख कलेक्सन गर्दै सय करोड क्लबमा प्रवेश गरेको थियो । सय करोड क्लबमा प्रवेश गरेसँगै अभिनेता शहिद कपुरको क्यारियरकै सबैभन्दा धेरै कलेक्सन गर्ने सोलो फिल्म बनेको छ । यस अघि पद्मावतले २ सय ४८ करोड कलेक्सन गरेपनि सो फिल्ममा रनबीर सिंह र दिपीका पदुकोने पनि प्रमुख भूमिकामा थिए । पहिलो दिन भारतीय बक्स अफिसमा २० करोड २१ लाख कलेक्सन गरेको कबीर सिंहले दोस्रो दिन २२ करोड ७१ लाख, तेस्रो दिन २७ कोर्द ९१ लाख र चौथो दिन १७ करोड ५४ लाख कलेक्सन गरेको थियो ।
कबीर सिंह यस बर्ष रिलिज भएका फिल्म मध्ये भारतपछि छिटो सय करोड क्लबमा पुग्ने फिल्म बनेको छ । भारत रिलिजको चौथो दिन सय करोड क्लबमा पुगेको थियो भने कबीर सिंह पाँचौ दिन सय करोड क्लबमा पुगेको छ । त्यस्तै यस अब्र्ष रिलिज भएको केशरी सातौ दिन, गली ब्वाय अठौ दिन र टोटल धमाल नवौ दिन सय करोड क्लबमा प्रवेश गरेको थियो । त्यस्तै कबीर सिंह यस बर्ष रिलिज भएका फिल्म मध्ये पहिलो दिन धेरै कलेक्सन गर्ने फिल्मको सुचिमा चौथो स्थानमा रहेको छ । सलमान खानको भारतले पहिलो दिन ४२ करोड ३० लाख, कलंकले २१ करोड ६० लाख र केसरीले २१ करोड ६ लाख कलेक्सन गरेका थिए ।
दक्षिण भारतको ब्लकबष्टर फिल्म अर्जुन रेड्डीको रिमेक कबीर सिंहमा शाहिद कपुर र कियारा आडवाणीको प्रमुख भूमिका रहेको छ । सेन्सरले एडल्ट सर्टि्फिकेट दिनुमा यस फिल्ममा शाहिद कपुरले पागल प्रेमीको भूमिकामा रहेका छन् । फिल्म २ घण्टा २४ मिनेटको रहेको छ भने फिल्मलाई सन्दीप वांगाले निर्देशन गरेका छन् । यस फिल्मलाई भारतीय सेन्सर बोर्डले ए सर्टिफिकेट दिएर यस फिल्मलाई सिनेमा हलमा गएर बालबालिकाले हेर्न नपाउने बनाए पनि फिल्मलाई दर्शकले अत्याधिक मन पराएका छन् । फिल्ममा शहिद र कियारा दुवै मेडिकल विद्यार्थी हुने र शाहिद (कबीर सिंह) ले कियारालाई जबर्जस्ती प्रेम गर्ने र अन्ततः कियाराको मन जित्न सफल हुने तर पछि दुवैबीच बिछोड हुने कथा रहेको बताइएको छ । कियारासँगको बिछोड पछि शाहिद कुलतमा फस्ने समेत फिल्ममा देखाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार