आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

‘सानो मन’ एक साता पछि सर्यो

बिहिबार, असार १२ २०७६

काठमाडौँ(जस)–अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको रोमान्स रहेको फिल्म ‘सानो मन’को रिलिज मिति फेरिएको छ । २० असारबाट देशभर प्रदर्शनमा आउने भनिएको यो फिल्म एकसाता पछि सरेर २७ असार पुगेको छ । फिल्म अझ राम्रो बनाएर दर्शकमाझ ल्याउन एक सातापछि रिलिज सारिएको निर्माता राजेन्द्र मानन्धरले जानकारी दिए । ‘प्राविधिक पाटोमा काम गर्न समय अपुग भएकोले रिलीज मिति सारिएको हो’ निर्माता मानन्धरले भने, ‘हतारमा नराम्रो फिल्म रिलीज गर्नुभन्दा प्राविधिक सुधार गरी एक हप्ता ढिलो ल्याउन लागेका हौं ।’
आयुष्मान र शिल्पाको अलवा फिल्ममा सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । सांगीतिक प्रेमकथामा आधारित यो फिल्म सुयोग गुरुङले निर्देशन गरेका हुन् । यो उनको डेब्यू निर्देशनमा तयार भएको फिल्म हो । सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको यो फिल्ममा भिएफएक्स नगेश कँडेलले गरेका छन् । समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको फिल्मलाई आलोक शुक्लाले छायांकन गरेका छन् । ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको सानो मनलाई संयुक्त ब्यानरमा निर्माण भएको फिल्मको काठमाडौं, भैरहवा, बैंकक लगायतका ठाउँहरुमा छायांकन भएको हो । यसका निर्माता योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार