आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

अभिनेत्री कृति भट्टराई बिबाह बन्धनमा बाँधिइन

बिहिबार, असार १२ २०७६

काठमाडौँ(जस)–अभिनेत्री तथा कार्यक्रम प्रस्तोता कृति भट्टराई बिवाह बन्धनमा बाँधिएकी छन् । उनले रोहित पौडेलसँग बुधबार बिवाह गरेकी हुन् । दरबारमार्ग्िस्थत लक्ष्मी नारायणको मन्दिरमा हिन्दू परम्पराअनुसार विवाह गरेकी भट्टराइको बिवाहमा दुबै पक्षका परिवारहरुको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो । ‘विश्वास’, ‘उपहार’, ‘उनको सम्झनामा’ लगायतका पुग नपुग आधा दर्जन फिल्म अभिनय गरेकी भट्टराइले रोहितसँग केही समय देखिको प्रेम बिवाहमा परिणत गरेकी हुन् । पेशाले इन्जिनियर रहेका रोहितसँगको बिवाहमा कृति खुसी देखिएकी थिइन् । पछिल्ला समय कृतिले नयाँ बानेश्वर थापागाउँमा अर्गयानिक एस्प्रोसो कफी सप सञ्चालन गर्दै आएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार