आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एनआरएनए युरोप संयोजक बरुवालद्धारा सचिव पदमा उम्मेदवारी घोषणा

सोमबार, साउन २० २०७६

इटाली (रोम)– गैर आवासीय नेपाली संघ(एनारएनए)का युरोप संयोजक शिवकुमार बरुवालले एनआरएनएको आगामी कार्यकाल (सन २०१९–२०२१) को लागि सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । इटालीको रोममा आयोजना भइरहेको एनआरएनएको १२ औं युरोपेली बैठकको अन्तिम दिन बरुवालले सचिव पदमा उम्मेदवारी घोाषणा गरेका हुन् । नेपालको म्याग्दी जिल्लाका बरुवाल विगत १९ वर्षदेखि बेल्जियममा बस्दै आइरहेका छन् । बरुवालले एनआरएनए बेल्जियमको सन २००५मा स्थापनाकालको संस्थापक सचिवालय सदस्य, महासचिव, आइसीसी सदस्य हुँदै युरोप संयोजकको रूपमा काम गरिरहेका छन् । एनआरएनलाई संस्थागत गर्न र संस्थालाई विधि बिधान र पद्धतिले चलाउन सचिबालयकोे महत्त्वपूर्ण भुमिका रहन्छ । सचिव पदमा बसेर त्यो जिम्मेवारी निर्वाह गर्न सकिन्छ भन्ने विश्वास साथै अनुभब पनि प्रशाशनिक काम भएकोले यो पदमा काम गर्ने इच्छा राखेको बरुवालले बताए ।
एनआरएनए अभियानमा निरन्तर सक्रिय बरुवाल नेपाल टुरिजम बोर्डको बेल्जियमका टुरिजम प्रतिनिधि पनि हुन् । युरोप सयोजकको जिम्मेवारी सम्हालेयता युरोपको २८ वटा एनसिसिहरुलाइ अझ सबल बनाउदै संस्थाको संस्थागत बिकास गर्दै नेपालमा प्रबिधि, लगानी लैजाने र पर्यटन प्रवद्र्धन गर्ने कामम बरुवालले सक्रिय भूमिका निर्वा हगेका छन् । यस्तै उनको कार्यकालमा गत २७–२९ जुलाईमा नेपालका परराष्ट्रमन्त्री आयोजक राष्ट्र लक्जेम्बर्ग सरकार मन्त्रीको उपस्थितिमा युरोपियन बैठक आयोजना गरि युरोप क्षेत्रका एनआरएनएहरुको समस्या युरोपका एनआरएनहरुले नेपालमा गर्न सक्ने परोपकार लगानी र प्रबिधि भित्र्याउन सकिने बिषय छलफल भएको थियो भने बैठकमा युरोपभरिका पर्यटन व्यवसायी नेपाल पर्यटन बोर्डका प्रतिनिधिहरुलाई उपस्त्थित गराई पर्यटन प्रवद्र्धनको बिषयमा छलफल गरिएको थियो । बरुवालकै नेतृत्वमा एनआरएनएको १२ औं युरोपेली बैठक सफलतापूर्वक आयोजना सम्पन्न भएको छ ।
‘मैले एनआरएनए युरोप संयोजककोे जिम्मेवारी संस्थाकोे बिधानले निर्देशित गरेअनुसार राम्रोसँग पूरा गरेको छु जस्तो मलाइ लागेको छ । आगामी दिनमा पनि एनआरएनए अग्रजहरुले सुरु गरेकोे यस अभियानमा लक्ष्य प्राप्त नगरेसम्म निरन्तर लागिरहने छु । यसपटक धेरै साथीहरूसँगकोे सरसल्लाह र सुझाब अनुसार सचिव पदमा उम्मेदबारी घोषणा गरेको छु’, बरुवालले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार