इटाली (रोम)– पर्यटन बर्ष २०२० सफलपार्न नेपाल पर्यटन बर्ष २०२० का राष्ट्रिय संयोजक सुरज बैद्य गैर आवासीय नेपिाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्ट बीच इटालीको रोममा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । एनआरएनको बाह्रौ युरोप क्षेत्रीय बैठकको अवसरमा इटालीको राजधानी रोममा नेपाल पर्यटन वर्ष सफल पार्न एआरएनएले सहयोग पुर्याउन बैध र भट्टबीच विभिन्न बूँदामा समझादरीमा हस्ताक्षर भएको हो ।

समझदारी अनुसार पर्यटन वर्ष सफल पार्न सबैखाले सम्भव भएसम्मको सहयोग गर्ने, सबै देशमा रहेका एनसिसीमार्फत प्रवद्र्धनको काम गर्ने, एनआरएनएले टास्क फोर्स बनाएरै भ्रमण वर्षका लागि काम गर्नेलगायतका बूँदा छन् । यसअघि इटालीको रोममा आयोजित बैठकमा भिजिट नेपाल २०२० को औपचारिक उद्घाटन गरिएको थियो । एनआरएनको बाह्रौ युरोप क्षेत्रीय बैठकले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेको सन्देश प्रवाह गर्नुका साथै सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० को प्रचारप्रसार गर्नेपनि उद्देश्य तय गरेको छ ।
