आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

जावलाखेलमा ‘तीज माइती मेला’ हुँदै

मंगलबार, साउन १४ २०७६

काठमाडौ(जस)–नजिकिँदै गरेको हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा ‘तिज माइती मेला तथा सम्मान २०७६’ कार्यक्रम आयोजना हुने भएको छ । ललित ब्यूटिसियन बहुउदेश्य सहकारी संस्था लिमिटेड र ललित फरिया घरको आयोजनामा मेला आयोजना हुन लागेको हो । मेला तीन दिनसम्म चल्ने आयोजक संस्थाकी अध्यक्ष मिनाकुमारी रिमालले जानकारी दिएकी छन् । उनका अनुसार, यही साउन १६ गतेदेखि १८ गतेसम्म जावलाखेलमा रहेको स्टिल टावर अगाडिको चौरमा मेला आयोजना हुनेछ । मेलाको उद्घाटन साउन १६ गते दिउँसो साढे ३ बजे ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गर्ने कार्यक्रम रहेको छ ।
मेलामा नेपाली चलचित्रको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै ‘आर्दश जोडी सम्मान २०७६’ अभिनेता तथा निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्कालाई प्रदान गरिन लागिएको ललित व्यूटिसियनकी अध्यक्ष रिमालले बताइन् । सम्मानसँगै ’तिज माइती मेला’ कार्यक्रममा स्टल, नाचगान, कस्मेटिक, लोकदोहोरी लगायत पनि हुने बताइएको छ । विगत ६ वर्षदेखि ‘तिज माइती मेला तथा सम्मान’ कार्यक्रम गर्दै आएको ललित व्यूटिसियन बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले हरेक वर्ष एक आर्दश जोडीलाई पनि सम्मान गर्दै आइरहेको छ । कार्यक्रममा सांगीतिक क्षेत्र, चलचित्र क्षेत्र र विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार