काठमाडौं(जस)–पोखरा फाइनान्स लिमिटेडका ग्राहकले बुढानीलकण्ठ, काठमाडौंस्थित काष्ठ परिष्कर प्रालि बाट फर्निचर खरिद गर्दा १५ प्रतिशत छुट पाउने भएका छन् । पोखरा फाइनान्स र काष्ठ परिष्कर प्रालि बीच ग्राहक सुविधा विस्तारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार पोखरा फाइनान्सका खातावालाले काष्ठ परिष्कर प्रा.लि.बाट फर्निचर खरिद गरी पोखरा फाइनान्सको मोबाइल बैंकिङ वा डेबिट कार्डमार्फत बिल भुक्तानी गर्दा खरिद रकममा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकलाई थप सुविधा तथा लाभ उपलब्ध गराउने उद्देश्यले गरिएको उक्त सहकार्यबाट पोखरा फाइनान्सका खातावालाहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास फाइनान्सले व्यक्त गरेको छ । पोखरा फाइनान्सले हाल ३८ वटा शाखामार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङ, सीआईएसलगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।