आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

नागरिक लगानी कोष र महाशक्ती सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता

आइतबार, भाद्र २८ २०८३

काठमाडौं(जस)–नागरिक लगानी कोषले महाशक्ती सिमेन्ट लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ । सो सम्बन्धी सम्झौतामा शुक्रबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सिमेन्ट कम्पनीका अध्यक्ष राजाराम खड्काबीच हस्ताक्षर भएको हो ।
उक्त कम्पनीले १ सय अंकित मूल्यको १ करोड ७८ लाख ५० हजार ८५७ कित्ता बराबरको १ अर्ब ७८ करोड ५० लाख ८५ हजार ७ सय रुपैयाँको सेयर निस्कासन गर्दै छ । कम्पनीले सम्झौता भएको मितिले ६ महिना भित्र सेयर निष्कासन गरिसक्नु पर्नेछ । सो अवधि भित्र सेयर निष्कासन नभएमा पुनः नयाँ सम्झौता गर्नुपर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार