मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

अछामका पहिरो पीडितलाई नगदसहित राहात दिएर फर्के मन्त्री कुँवर, घाइतेको उपचार सरकारले व्यहोर्ने

सोमबार, असोज ३ २०७९

अछाम –  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अछामका पहिरो पीडितलाई नगदसहित राहत वितरण गरेरफर्किनु भएको छ ।
आज काठमाडौंबाट धनगढी हुँदै अछाम पुगेका मन्त्री कुँवरले पहिरो प्रभावित क्षेत्रको अनुगमन गर्दै पीडित परिवारलाई नगदसहित राहात वितरण गरेर फर्किनु भएको हो ।
शुक्रबार राति अविरल बर्षापछि गएको पहिरोमा परी २२ र खोलाले बगाएर मृत्यु भएका १ जनासहित २३ जना मृतकका परिवारलाई भेटेर मन्त्री कुँवरले सरकारबाट दिइएको जनही १ लाख र आफ्नो ब्यक्तिगत तर्फबाट जनही १० हजारका दरले पीडित परिवारलाई नगद राहात वितरण गर्नु भएको उहाँको सचिवालयले जनाएको छ ।
अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले दिनु भएको जानकारी अनुसार बाढि र पहिरोमा परी मृत्यु भएका परिवारलाई सरकारका तर्फबाट तत्काल किरिया खर्चवाफत जनही १ लाख रकम वितरण गरिएको हो ।

मन्त्री कुँवरले पहिरो प्रभावित अछामको कमल बजारको हात्तिबाँझ, कमल बजार एयरपोर्ट, ढकारी र तुर्माखाँदका पीडितलाई भेटेर त्रिपाल, बल्याङ्केट, खाद्यान्न लगायतका राहात सामाग्री पनि वितरण गर्नु भएको हो । मन्त्री कुँवरले पहिरोमा परी घाइते भएकाहरुको सम्पुर्ण उपचार सरकारले व्यहोर्ने समेत बताउनु भएको छ । पीडितलाई आगामी दिनमा पनि थप सहयोग हुने मन्त्री कुँवरले आश्वासन दिनु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार