बिहिबार, भाद्र ९ २०७९
निश्चल दाहाल, झापा
मंसिर ४ को आसन्न आमनिर्वाचनमा राष्ट्र ब्यापी रुपमा चर्चा हुने वातावरण बन्दै छ झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ । सामाजीक संजालको प्रभाव अत्याधिक बढ्दै गएको आजको समयमा चुनावी माहोल संजालले पनि बदल्न सक्छ भन्ने ज्वलन्त उदाहरण त स्थानिय निर्वाचनमा काठमाडौ र धरानका मेयरहरुको बिजयिले देखाएको छ। यसरी नै सामाजिक संजालको भरपुर प्रयोग गर्दै नेपाली राजनितिमा उदाएका ब्यवसायी दुर्गा प्रसाइको क्षेत्र नं ३ झापामा बढेको सक्रीयताले चुनावी तरंग अहिले देखि नै छाएको छ।
नेपाली कांग्रेसले आसन्न चुनावमा आफुलाइ मनग्य फाइदा पुग्ने गरि, जसरी स्थानिय निर्वाचनमा गठबन्धनको आडमा राम्रो नतिजा निकाल्यो सोही आसमा गठबन्धन अझ कसिलो, ठूलो बनाउने यात्रामा छ। एमाले अध्यक्ष केपि शर्मा ओलिले पनि स साना दलहरु सग गठबन्धन नगरेका त हैनन तर अपेक्षाकृत नजिता भने ल्याउन सकेन एमालेले र अहिले पनि गठबन्धनका विभिन्न जोड घटाउमा एमाले लागि रहेको छ।
बितेको स्थानिय निर्वाचनको मतपरिणमले सक्रिय बनाएको ओलि हाल देश दौडाहामा छन र उनको भाषणहरु बाट बुझ्न सकिन्छ कि गठबन्धन सग एक्लै लड्दा प्रभावकारी नतिजा आउने सम्भावमा रहन्न। १०० भन्दा बढी राजनितिक दल रहेको नेपालमा ओलि स साना दलहरु सग गठबन्धन गरेरै भएपनी राम्रो नतिजा ल्याउने कुरामा लागि परेको देखिन्छ।
केपि ओलि र गठबन्धनको कुरा गर्दा राप्रपालाई भुल्न सकिन्न। अघिल्लो आम निर्वाचनमा झापामा मात्र यस्तो गठबन्धन भयो जस्ले नेपालमा तरंग ल्यायो। नेपाली कांग्रेसका प्रभावसाली नेता कृष्ण सिटौला चुनावी मैदानमा होम्मिएका थिए जस्को प्रतिद्वन्दी थिए तत्कालिन राप्रपा महामन्त्री राजेन्द्र लिङ्देन। देशभर कांग्रेस सग गठबन्धन भएको राप्रपाको गठबन्धन एक सिट क्षेत्र नं ३ मा छोडी बाकी जिल्ला सबै एमालेलाइ सघाउने गरि भयो फलस्वरुप यहि मात्र एक क्षेत्र जित्न राप्रपा सफल भयो जस्कारण राष्ट्रिय दलको मान्यता पनि गुमाउन परेको थियो।
राप्रपाको एकता महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका लिङ्देन संजालमा निकै चर्चित छन र उनको साथमा विभिन्न अभियन्ताहरु पनि जोडिएका छन। अब स्वयं अध्यक्ष भए पश्चात् राप्रपाको राजधानि भनेर लिङ्देनले भनेको क्षेत्र नं ३ बाट चुनाव जित्नै पर्ने दवाब उनमा छ त अन्तिम पटक भन्दै सिटौला मैदानमा उत्रने हल्ला ब्याप्त छ। कमल थापा सग राम्रो सम्बन्ध भएको मानिएको केपि ओलिद्वारा सुरुवाती दौरमा लिङ्देनले बाच्छो उपनाम पाउदै ब्यंग्य खाए जस्ले अबको झापाको समीकरण प्रती प्रभाव पार्ने आंकलन गरियो। आखिर राजनिती त न हो, ओलि लिङ्देनको एकचरणको भेट भइ सकेको छ।
स्थानीय निर्वाचनमा नेपाल भर कहि नभएको गठबन्धन पुन झापा क्षेत्र नं ३ को कचनकवल गाउँ पालिकामा भयो, जहाँ कांग्रेस र एमाले मिलेर दुई तिहाइ जितेको राप्रपालाइ झण्डै निल नै बनाए। त्यसै गरि ओलि कै निर्वाचन क्षेत्रमा राप्रपाले मेयर नै जित्यो र आफ्नो पकड देखायो। अब आसन्न निर्वाचनमा ओलि स्वयंलाई जित्न पनि राप्रपाको सहयोगको आवश्यकता देखिन्छ त लिङ्देनलाइ पनि एमाले को। स्थानिय चुनावमा एमाले सग गठबन्धन गर्न नदिएको कारण पालिका गुमाउन परेको भन्दै राप्रपाका कार्यकर्तामा नैरश्यता छाएको पनि देखिन्छ कचनकवलमा जस्ले गर्दा चुनावी टकराव जटिल हुनेछ।
हो झापाको अवस्था हेर्दा राप्रपा तेस्रो शक्तिकी रुपमा उदय भएको छ, मावोवादी, समाजवादी आदिको आडमा सिटौलालाइ चुनाव जित्न हम्मे हम्मे पर्ने देखिन्छ यदि एमाले र राप्रपा जोडिएमा तर ब्यवसायी दुर्गा प्रसाइको मैदानमा आगमन हुनुले अर्को रौनक ल्याएको छ। भनिन्छ कांग्रेसबाट मावोवादी हुँदै एमालेमा प्रवेश गरेका प्रसाइलाइ ओलि स्वयंले क्षेत्र नं ३ मा सक्रिय रहन सुझाव दिए।
प्रसाइ के कम, हजारौ बिमा कार्ड निशुल्क बनाइ दिन्छु, मन्दिर मस्जिद बनाइदिन्छु भन्दै छिरे प्रसाईं ३ नम्बरमा। उनको लोकप्रीयतालाइ पैसाको कारण पनि भन्छन तर अगाडि पछाडी सयौ लिएर हिड्ने प्रसाईं एक शक्तिको रुपमा भने उदाएका छन। उनको दम्भको कारण गाउँ कमिटी, जिल्ला कमिटिका कार्यकर्ता रिसाएको छन भन्ने कुरा आएता पनि उनले आफ्नो उम्मेद्बारी रहने भन्दै दुबई सम्म गएर भोट मागेका छन।
बारम्बार संजालमा लिङ्देन प्रती कटाक्ष गर्ने गरिका प्रसाईं तर्फ कुनै शब्द फ्याकेका छैनन लिङ्देनले तर प्रसाइ भने एमालेले राप्रपा सग सहकार्य नगर्ने अडान बारम्बार लिएका छन। ओलिको दाउ भने राप्रपा सग सहकार्य गरेर अघिल्लो चुनावमा झै झापाबाट कांग्रेस निल गर्ने रहेको जानकारहरु बताउछन तर कुनै पनि अवस्थामा जित्ने दवाबका साथ सिटौला हिडेको कांग्रेसी कार्यकर्ता भन्छन।
ओलि आफू क्षेत्र नं ५ बाट चुनाव लड्छन तर क्षेत्र नं २ मा पनि एमालेको राम्रो बर्चस्व छ, अलिकती सहयोग राप्रपाको हुने हो त ओलिले सहजै चुनाव जित्ने आंकलन गर्न सकिन्छ। ल एमालेलाइ राप्रपाले सघाउला तर के दुर्गा प्रसाइको इन्ट्री पश्चात एमालेले राप्रपालाइ सघाउला त? हुन त प्रसाइलाइ समानुपातिक या प्रदेशमा केही स्थान दिएर एमालेले बसाउन खोज्ला तर यतिको बिरोध गरेको लिङ्देनलाइ भोट माग्लान त प्रसाइले?
अर्को पक्ष पनि हामिले हेर्नू पर्ने हुन्छ त्यो हो स्वतन्त्र , राष्ट्रब्यापी रुपमा स्वतन्त्र हरु जुरमुराएक देखिन्छ अब कति मत कस्को काट्लान त यदि स्वतन्त्र उम्मेद्बारी आएमा। आखिर सामाजिक संजालमा त उमेर बढी भएका नेता भन्दै अब नया पिढिको पालो भन्ने नारा चर्किएको छ। यो पनि एक फ्याक्टर हुन भने सक्छ।
राप्रपा एमाले कै गठबन्धन भएता पनि अघिल्लो निर्वाचन भन्दा सशक्त रुपमा अगाडि आएको राप्रपाले यो पटक पनि एक क्षेत्रमा चित्त बुझाउला त? त्यो सम्भावना छैन, कार्यकर्ताहरु भन्छन। अब प्रदेशमा पनि दावी रहन सक्छ राप्रपाको सो अवस्थामा गठबन्धन कसरी होला। अनि यसरी जुरमुराएका प्रसाइको ब्यवस्थापन कसरी गर्लान ओलि ले? हुन त क्षेत्र नं ३ मा भिजेका र चिनिएका अनुहार भनेको सिटौला र लिङ्देन कै हो तर राप्रपा र कांग्रेसबाट धेरै मानिस एमालेमा प्रसाइले प्रवेश गराइ सकेका छन, त्यता बाट हेर्दा पनि प्रसाईंलाई कम आक्न सक्ने अवस्था भने छैन। राजेन्द्र लिङ्देनले आफुलाइ शालिन देखाए पनि उनका कार्यकर्ताले उनलाइ आफू पायक प्रयोगमात्र गर्ने नेता भन्ने पनि गरेका छन । राप्रपाको प्रभाव क्षेत्र नं ३ मा पहिलेको जस्तै छ भन्न सक्ने अवस्था पनि छैन। बिकास निर्माणका कार्यहरु हुन नसकेको भन्ने गुनासो पनि बढेको छ, र सिटौलाले सोही आरोप खेपिरहेका पनि हुन। यहि अवस्थामा दुर्गा प्रसाईं नया अनुहार भएर आउन सक्छन तर के ओलि ले त्यो जोखिम उठाउलान त? जस्कारण आफू पनि चुनाव हार्न सक्छन।
खैर झापा क्षेत्र नं ३ मा यदि अहिले चर्चामा रहेका नामहरु लिङ्देन, सिटौला र प्रसाईं नै रहने भए भने देशभरको आँखा यो क्षेत्रले तान्ने निश्चित छ। यहा संग्राम, ह्याभिवेट ब्याटल हुने निश्चित छ। कसले मार्ला बाजि ? कसरी गर्लान ओलिले ब्यवस्थापन? चुनावको मुख सम्म कुर्नै पर्छ यथार्थ हेर्न त।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij