आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

मेस्सी, नेयमार र एम्बाप्पेको गोलमा पिएसजी विजयी

मंगलबार, साउन १० २०७९

काठमाडौं । प्रि– सिजन टुर अन्तर्गत जापान भ्रमणमा रहेको पिएसजीले तेस्रो जित निकालेको छ । सोमबार भएको खेलमा पिएसजीले जापानीज क्लब गाम्बा ओसाकालाई ६–२ अन्तरले पराजित गर्याे ।

पिएसजीको जितमा नेयमारले दुई गोल गरे । यस्तै, लियोनल मेस्सी, केलियन एम्बाप्पे, नुनो मेन्डिस र पाब्लो सरबियाले समान एक एक गोल गरे ।

पहिलो हाफमा ४ गोल गरेको पिएसजीले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । यस्तै, ओसाकाको लागि केइसुके कुरोकावा र हिरोतो यमामीले एक एक गोल गरे । यस खेलसँगै पिएसजीको जापान टुर सकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार