आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

कांग्रेसको देशभर वडा अधिवेशन प्रक्रिया सुरु

आइतबार, असोज ४ २०८३

काठमाडौं(जस)–नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत शनिबारबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनको पूर्वसन्ध्यामा सुरु भएको वडा अधिवेशन देशभर उत्साहजनक रूपमा अघि बढेको छ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको तालिकाअनुसार, शनिबार पहिलो दिन ४३ जिल्लाका ३,३९६ वडामा निर्वाचन सम्पन्न भएको छ । ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्व), रोल्पा, प्युठान, रुकुम (पश्चिम), डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलालीमा वडा अधिवेशन सम्पन्न भएको पार्टीका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
शनिबार सम्पन्न अधिवेशनबाट सम्बन्धित वडाहरूमा नयाँ वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू चयन भएका छन् । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार, रसुवा, नुवाकोट र धादिङबाहेकका बाँकी ३१ जिल्लामा वडा अधिवेशनको प्रक्रिया असोज ४ गते पनि निरन्तर जारी रहनेछ । महाधिवेशनको प्रक्रिया सुरु भएसँगै देशभरका कांग्रेस कार्यकर्ताहरूमा नयाँ नेतृत्व चयनका लागि निकै उत्साह देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार