बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

विश्वकप क्रिकेट : बंगलादेशलाई हराएपनि पाकिस्तान पुग्न सकेन सेमिफाइनलमा

शनिबार, असार २१ २०७६

काठमाडौं, २१ असार । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले बंगलादेशलाई हराएको छ ।

शुक्रबार लर्ड्समा भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले हराएको हो ।

जित निकालेपनि पाकिस्तान विश्वकपको सेमिफाइनलमा पुग्न असफल भएको छ । न्युजिल्यान्ड र पाकिस्तानको समान ११ अंक भएपनि नेट रन रेटका आधारमा न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको हो ।

प्रतियोगिताको सेमिफाइनल पुग्ने चारै टिमको टुङ्गो लागेको छ । साविक विजेता अष्ट्रेलियासहित भारत, आयोजक इंग्ल्याण्ड र न्युजिल्याण्डले सेमिफाइनलमा पुगेका छन् ।

शुक्रबार भएको खेलमा पाकिस्तानले दिएको ३ सय १६ रनको फराकिलो लक्ष्य पछ्याएको बंगलादेश ४४ ओभर १ बलमा अलआउट हुँदै २ सय २१ रनमा समेटियो ।

बंगलादेशका लागि शकिब अल हसनले ६४, लिटोन दासले ३२, मोहमदउल्लाहले २९ तथा सौम्य सरकारले २२ रन बनाए ।

पाकिस्तानका साहिन साह अफ्रिदीले ६, शहदब खानले २ तथा मोहम्मद आमिर र वहाब रियाजले ११ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १५ रन बनाएको थियो ।

पाकिस्तानका इमाम उल हकले १००, बाबर आजमले ९६, इमाद वासिमले ४३, मोहमद हाफिज २७ तथा फखर जमानले १३ रन बनाए ।

बंगलादेशका मुस्ताफिजुर रहमानले ५, मोहमद सैफुदीनले ३ र मेहदी हसनले १ विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार