काठमाडौं, १३ असार । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजन पोख्रेललाई नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पोख्रेललाई महानिर्देशकमा नियुक्त गरेको हो ।
सञ्जिव गौतमको पदावधि सकिएपछि पछिल्लो एक महिनायता पोख्रेलले नै कायम मुकायम महानिर्देशकको रुपमा काम गर्दै आएका थिए ।
बिहीबार सरकारले पोख्रेललाई ४ वर्षका लागि महानिर्देशकमा नियुक्त गरेको छ । बर्दिया स्थायी घर भएका पोख्रेलले २०४७ सालमा हवाइ सेवा अधिकृतको रुपमा सरकारी सेवा सुरु गरेका थिए ।