आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

अहं ब्रह्मास्मि (भाग १), डिल्ली अम्माईको लेख

शनिबार, माघ ८ २०७८

❝अहं ब्रह्मास्मि अर्थात मेरो शरीर तथा चेतन शक्ति भित्र ब्रह्माण्डको सबै भौतिक तत्व र उर्जा समाहित छ। त्यसैकारण म ब्रह्मको अंश हूँ। ❞
बेदको यो महावाक्य ब्रह्म चेत तथा ब्रह्माण्डको भेदलाई बुझाउन काफी छ। ब्रह्माण्डका समस्त उर्जा तत्व र पदार्थ तत्वको सन्तुलनले जिवात्माको शरीर बनेको कुरालाई संस्कृतको शास्त्रीय बाक्यमा भनिएको छ,’अहं ब्रह्मास्मि’। ब्रह्माण्ड आँफै केन्द्रीकरण र फैलावको अन्तरसंघर्षले अन्तरिक्षमा नौकाको भाँती चलायमान छ। हाम्रो ब्रह्माण्ड अनन्त ब्रह्माण्डको एक सदस्य हो।यो स्वरुप,शक्ति र पदार्थको मापनमा पनि अज्ञात र अनन्त छ। त्यसैले ब्रह्मको शक्ति तथा पदार्थको अनन्ततालाई कसैले मापन गर्न सक्दैन।
ब्रह्माण्डको व्यापकतालाई अझै परिष्कृत र शास्त्रीय रुपमा ईश उपनिषदमा यसरि बताइएको छ :
‘ॐ पूर्णमद: पूर्णमिदं पूर्णात्,पूर्ण मुदच्यते,
पूर्णस्य पूर्णमादाय,पूर्ण मेवा वशिष्यते।’
अर्थात इथरमा त्यो जो देखिदैन त्यो आँफैमा पूर्ण छ। किनकि पूर्णता बाटै सम्पूर्णताको उत्पत्ति हुने हो। देखिने ब्रह्माण्ड पनि पूर्णताभित्र अनन्त छ। त्यहि अनन्त ब्रह्माण्डको पदार्थ र उर्जाले पृथ्वी,यसको वातावरण र जीव तत्व बनेको हो।आन्तरिक लय र बिलयको अन्तरसंघर्षको परिणाम स्वरुप सम्पूर्ण किसिमले ब्रह्माण्ड परिपूर्ण छ। त्यस सम्पूर्णताबाट पूर्णतालाई निकाल्दा पनि पूर्ण नै शेष रहन्छ
ब्रह्माण्डका पदार्थ र उर्जाका शुक्ष्म देखि शुक्ष्म ईकाईहरु, अन्तरसंघर्षबाट पैदा हुने नयाँ तत्वहरु, सबैको प्रमुख आधार दृश्य ब्रह्माण्ड(उर्जा र पदार्थ) हो।तर तत्वहरुको गठन,बिघटन र रुपान्तरण पदार्थहरुको भित्र र बाहिर हुने गतिशिलताले निर्धारण गर्दछ। जसलाई अल्बर्ट आइष्टाइनको सुत्र E=mc2(पिण्ड वा पदार्थ प्रकासको बेगमा गतिमान हुँदा उर्जामा परिवर्तित हुन्छ)ले प्रमाणित गरिसकेको छ। पदार्थको गतिसँग निरन्तर हुने हजारौं फरक स्वभाव र चरित्रका अन्तरक्रियाले बिशाल ब्रह्माण्डको साथै पृथ्वी तथा जीवहरुको सृष्टि भएको भएको कुरालाई बिज्ञानले स्विकारी सकेको छ।
ब्रह्माण्डको लय र प्रलयको ध्वनी ‘ॐ’:
‘कठोपनिषद’मा लेखिए अनुशार ‘ॐ’लाई ब्रह्माण्डमा उर्जाद्वारा पदार्थको उत्पत्ति र बिकासको कारक मानिएको छ।’ॐकार’ले ब्रह्माण्डको उत्पत्तिलाई अधर अरणि(पदार्थ) तथा उत्तर अरणि (उर्जा र शक्ति)तर्फ संकेत गरेको छ। ‘ॐकार’एक अक्षरमा लेखिएको ब्रह्माण्ड रहस्यको सम्पूर्ण जानकारी हो भनेर पौराणिक वेद,खगोल तथा ज्योतिष शास्त्रमा समेत उल्लेख गरिएको छ। ।
पौराणिक बिज्ञानमा लेखिए अनुशार’अ’लाई समग्र स्थूल जगत् (दृश्य ब्रह्माण्ड) बुझाउने अक्षर मानिएको छ तथा’म’लाई गति र उर्जा स्वरुप मानिन्छ। उच्चारण गर्दा आउने ऊर्ध्व गतिको प्रभावबाट ‘ॐ’शब्द भित्रको’म’कारले बिशाल ब्रह्माण्डको गतिलाई ध्वनिपूर्ण र लयबद्ध बनाउँछ।’ॐ’शब्द उच्चारण गर्दा निस्कने ध्वनिमय गति र त्यसको कम्पनलाई संस्कृतमा अनुस्वार गति भनिएको छ।
तत्वहरुको रुपान्तरण बस्तु वा पिण्डको गतिशिलताले निर्धारण गर्ने कुरा प्रमाणिक सत्य हो। पदार्थको गतिसँग हुने हजारौं अन्तरक्रियाले बिशाल ब्रह्माण्डको साथै पृथ्वी तथा जीवहरुको सृष्टि भएको हो। कठोपनिषदमा लेखिए अनुशार’ॐ’लाई ब्रह्माण्डमा शक्तिद्वारा पदार्थको उत्पत्ति र बिकासको कारक मानिएको छ।
त्यसैले आदिम खगोल शास्त्रमा ब्रह्माण्डको उत्पत्ति, बिकास र अन्त्यको कारण समेत ‘ॐ’लाई मानिएको हो।छोटकरीमा भन्दा,पौराणिक बेद उपनिषद्हरुमा लेखिएको ‘ॐ’ बास्तवमा ब्रह्माण्डका क्रिया प्रतिक्रियाहरुको सांकेतिक भाव-ध्वनी हो।
‘अहं ब्रह्मास्मि’को व्युत्पत्ति र भाव :
कृष्ण यजुर्वेदीय उपनिषद “शुकरहस्योपनिषद”(बृहदारण्यकोपनिषत् अध्याय१,ब्राह्मणम्४,मंत्र १०)मा महर्षि बेद व्यासको आग्रहमा तात्कालिक खगोल गणितज्ञ सदाशिवले ब्यास पुत्र शुकदेवलाई चार वाक्यमा ब्रह्माण्डको रहस्य स्वरुप दिएको उपदेश मद्धे एक हो “अहं ब्रह्मास्मि(म ब्रह्म हुँ)।त्यसपछि बेदमा बताइएका ब्रम्ह ज्ञान हुन्-तत्त्वमसि(तिम्रो चेतन शरीर), अयमात्मा(चेतना र जीव तत्व) र प्रज्ञानं(प्रमाणित-सिद्ध ज्ञान) सबै ब्रह्मका शुक्ष्म रुप हुन्। ।
खगोल बिज्ञानको बिकासमा पौराणिक कालका खगोल विद र ऋषिमुनिहरुको ठुलो योगदान रहेको कुरा हामीले पौराणिक उपनिषद्बाट थाह पाउन सक्छौँ। बेद उपनिषदका चार महावाक्यमद्धे एक-“अहं ब्रह्मास्मि” पनि हो । … अहं ब्रह्मास्मिलाई अलग गरेर अर्थ बुझ्दा’अहं ब्रह्म अस्मि’ हुन्छ। नेपालीमा त्यसको अर्थ हुन्छ ‘म ब्रह्म हूँ।’ यसलाई यसरि पनि बुझ्न सकिन्छ कि म,ऊ,त्यो सबै जिबात्मा ब्रह्मका प्रतिरुप हुन्।
सायद कपिल मुनिले परापुर्व कालमा शाङ्ख्य सुत्रमा संकेत गरेको प्रकृति र पुरुषको रुपमा जीव तथा प्रकृतिको उत्पत्ति र सम्बन्धलाई बताएका छन्।मुनिले महत्व दिएको जीव र प्रकृतिको अन्तरसम्बन्धलाई ब्यापक रुपमा लैजाँदा ब्रमाण्डको पदार्थ र शक्तिलाई प्रकृति र पुरुषको रुपमा बुझ्न पनि सकिन्छ। पौराणिक दर्शन तथा साहित्यमा खगोलका पाँच भौतिक महातत्व(पाँच महाभुत)लाई उत्पत्तिको आधारको रुपमा व्याख्या गरिएको छ।
यसमा कुनै शंका छैन कि जीवको उत्पत्तिको प्रमुख आधार पनि प्रकृति प्रदत्त पदार्थ नै हो। खास रुपले जीव खगोलीय रसायनको सन्तुलनबाट सृष्टि भएको हो। उत्पति कालको जीव एक कोषिय र सरल बनावटको भएपनि जीव बिकास क्रमश सरलताबाट जटिलतातर्फ गै रहेको छ।
मानिसको सृजना ब्रहमाण्ड तथा जीव जगतको सबैभन्दा जटिल प्रक्रियाबाट बिकास भएको हो। मानिसमा पदार्थको भौतिकी समिश्रणका साथै जैविक शक्तिको समेत बिकसित रुप छ। ति दुबैको रासायनिक प्रतिक्रियाले मानिसभित्र जटिल मानसिक तहहरुको निमाण गरेको छ। त्यसमा मानिसको अनुभवको लामो शृंखला तहगत रुपमा संग्रहित छ। त्यसले मानिसको बंशाणुगत अरुबाट भिन्न र बिशेष बनाएको छ। किनकि मानव सरिर पनि खगोलीय पदार्थकै प्राकृतिक तत्व संयोजन सुत्र द्वारा सृजना भएको हो।
त्यसैले जीवको भौतिक परिचय भनेकै ब्रमाण्डका रसायनहरुको प्राकृतिक सुत्रबद्ध संयोजन हो भन्न सकिन्छ। सरिरलाई पदार्थको जैविक सन्तुलनले जटिलता प्रदान गरेको छ। त्यहि जटिलताको संयोजनबाट जीवभित्र प्राण तत्वको बिकास भयो। त्यो पदार्थको शक्ति र सक्तिको जैविक तत्वमा रुपान्तरणबाट संयोगबस सम्भव भएको हो। मानिस अरु जीव भन्दा भौतिक रुपमा कत्तिपनि फरक छैन।तर मानिसलाई आँफुभित्र बिकास गरेको निरन्तरको जिज्ञाशु गुण, गतिशिलता तथा अनुभवको संग्रहले युगान्तरमा भिन्न किसिमले रुपान्तरण गर्दै लग्यो।
त्यसैले मुनिहरुले संकेत गरेको ब्रह्म पदार्थ भन्नाले त्यसको भौतिक रुप मात्र नभएको बताउँदै द्रष्टा ,दृश्य ,दर्शन भन्दा बाहिरका शक्ति र तरङ्गहरु पनि ब्रह्म हुन् भनेका छन् र उर्जाको भाव पक्षलाई पनि ईथरको परिभाषा भित्र समेटेका छन्। मानिसको दिमाग र हृदयबाट चल्ने क्वान्टम तरंगको छाल र त्यसले सृजना गर्ने भावले हाम्रो दिमागद्वारा ज्ञान,बिबेक,सम्झना र भावनाको रुपमा निरन्तर शरीरलाई नेतृत्वदायी प्रभाव पारि रहन्छन भन्ने कुरालाई पनि पौराणिक उपनिषद्हरुमा उल्लेख गरिएको पाइन्छ।
‘हकिंग लगायत धेरै भौतिक शास्त्रीले धेरै खोज तथा अनुसन्धान गरिसकेका छन्। त्यसै गरि महर्षि विश्वामित्र,कपिल मुनि, चार्वाक,शुकदेव, बुद्ध, खगोल शास्त्री आर्यभट्ट (४७६-५५०एडी), ब्रह्मगुप्त (५९८-६६८एडी) भाष्कर,मार्क्स,सुक्रेटसहरुले समाज बिकासलाई पदार्थको बिकास र रुपान्तरणमुखी भौतिक धारबाट व्याख्या मात्र गरेनन। सोच र बिचारको क्षेत्रमा युग रुपान्तरणको सैद्धान्तिक नेतृत्व समेत गरे।
यसरि मानब जिनको बिकासमा उत्कृष्ट चरणले उनीहरुको चेतानाकोशको बिकास भयो भन्ने कुरा डार्विनको बिकासबादी सिद्धान्तले समेत पुष्टि गरिसकेको छ ।
सबै मानिसमा चेतनाको उही तहमा किन बिकास हुन सकेन भन्ने एउटा सोझो जिज्ञासा राख्न सकिन्छ।मानसिक तहमा एकै नासको बिकास कहिपनि सम्भव छैन र त्यसलाई भौतिकबादी दृष्टिकोणबाट हेर्दापनि सहज मानिदैन।
त्यसको एउटा कारण के हुन सक्छ भने,मानसिक सक्रियताले हरेक मानिसको जैविक र चेतनाको स्तरलाई निकै प्रभावित पार्दछ। परापुर्व काल देखि नै केहि मानवहरुले समेत दिमागलाई त्यति सक्रिय बनाएनन र सारीरिक श्रममै जीवन बिताए। ति समुदायका मानिसले आँफुलाई सदैब सामान्य नै राखे। यसको मतलव गिदी भित्र रहेको सम्पूर्ण कस्मिक रसायनलाई जिज्ञासाको गतिशीलताले निरन्तर अघि बढाउँन नसक्ने मानिस वा जीव नै किन नहुन सामान्य अबस्था मै रहे भने मानिसको मानसिक सक्रियतासहित तिब्र गतिमा रहेको सारीरिक गतिसमेत तापसँगको अन्तर संघर्षले चेतन शक्तिमा रुपान्तरित हुँदै गयो।
जीवमा अन्य पदार्थको तुलनामा गतिशिलता तिब्र हुन्छ र गतिको तिब्रताले ऊ भित्र ताप र पदार्थबीचको संघर्षलाई तेजिलो बनाउँछ। त्यहि संघर्षले करोडौ बर्षको अन्तरालमा मानिसभित्र अन्तर्निहित प्रकृतिको उत्कृष्ट चेतना जन्मेको हो।
लय र बिलयको सृंखला :
हाम्रो सरिरको अन्तिम रुप पदार्थ हो। पदार्थको एक सृंखला लयमा जान्छ र जीव तत्वको उत्पत्ति गर्छ। अर्को सृंखला बिलयमा समाहित हुन्छ। जैविक सक्रियता पछिको मृत्यु आखिर जीवनको त्यहि बिलय हो। निरन्तरको फ्युजनबाट ताराहरूमा हाइड्रिजन सकिए जस्तै मृत्यु पछि जीव तत्व शरीरबाट सकिन्छ र शरीरका अवशेषहरु पनि अणु परमाणुमा बिच्छेद हुन्छन। पानि वास्पिकरण भएर उड्छ। यो प्रक्रिया ब्रहमाण्डमा पनि निरन्तर चलि रहन्छ। बिशाल ताराहरु नाभकिय गुरुत्व केन्द्रीकरण र उर्जाको निस्कासनबिचको द्वन्दले महाबिष्फोट हुन पुग्दछन। त्यसपछि त्यहाँबाट विकिरणयुक्त उर्जाको साथै हाइड्रोजन ग्याँसको बिसाल बादल बाहिर फैलिन्छ। त्यहि बादलबाट अर्को चरणका ताराहरुको जन्म हुन्छ भने बिचको गह्रौँ पदार्थबाट न्युट्रन तारा बन्दछ। त्यो तारा आफ्नै असिमित गुरुत्वाकार्षण र गतिकाकारण लयबाट बिलयमा समाहित हुन्छ।त्यो गह्रौँ तारा आफ्नै केन्द्रमा खुम्चिएर अदृश्य हुन्छ र असिमित गुरुत्व भएको बलशाली कालो छिद्र(हिरण्यगर्भ)बन्दछ।
ब्रह्माण्डको नियम र शारीरिक प्रणालीबिचको सम्बन्ध:
माथि नै भनियो,जीव सृष्टिको विशिष्ट तथा क्लिष्ट संरचना हो। हाम्रो शरीरको रचना जटिल ब्रह्माण्डिय रासायनिक प्रक्रियाबाट भएको कुरामा कसैले शंका गर्नु आवस्यक छैन। खगोल शास्त्रीहरु भन्दछन, ‘जिवात्माको शरीर सिंगो ब्रह्माण्डको संक्षिप्त नमुना हो।’जिवात्माको शरीरमा पनि ब्रहमाण्डको जस्तै चक्र हुन्छ।जिवात्माको जीवन चक्रका नियमहरु पनि ब्रहमाण्डका नियमसंग मिहिन रुपमा मिल्दा जुल्दा नै छन्।
जसरि हामीले खाएको खाना आमाशयमा जम्मा हुन्छ। खाना रुपी पदार्थको केन्द्रीकरण पश्त्यात हुने रासायानिक प्रतिक्रियाले सरिरभित्र पाचन प्रक्रिया शुरु गर्न थाल्छ। जिवात्माको शरीरले खानालाई पचाउनको लागि आबश्यक ताप शरीरले आँफै भित्रबाटै उत्पन्न गर्दछ। त्यहाँ सारीरिक गति र रासायनिक प्रतिक्रियाको उचित तालमेल हुन्छ। परिणाम स्वरुप खाना उर्जामा रुपान्तरण हुन्छ। त्यहिँ शक्तिले हो सरिर र मस्तिष्कलाई क्रियाशील गराउने। त्यो सबै ब्रहमाण्डको भौतिक नियम अनुशार नै हुन्छ। ठिक त्यसै गरि ब्रहमाण्डको बीच हुने कालो असिमित गुरुत्व भुमरी (ब्ल्याक होल) ले पनि आफ्नो पाचन प्रक्रिया पुरा गर्छ र नयाँ निहारिकाको सृजनामा भाग लिन्छ।
ब्रह्माण्डिय परिचक्रमा पनि जीवात्माको शरिरमा झैँ अणु र परमाणुहरुको लय र बिलय भै रहन्छ। पदार्थ उर्जा बन्दछ भने उर्जाले एक चक्र पुरा गर्दै पुन तिब्र प्रतिक्रिया मार्फत पदार्थमा आफ्नो रुप फेर्दछ। खगोल बिज्ञानले प्रमाणित गरिसकेको छ कि ब्ल्याक होलले पनि पिण्ड र कस्मिक बादलमा भएको पदार्थ खाएर ठोस पदार्थलाई कस्मिक किरणहरुमा रुपान्तरण गर्दछ। त्यसलाई भौतिक कस्मोलोजीमा ‘हकिङ्ग रेडिएसन’को नामले बुझिन्छ।
पदार्थबाट रुपान्तरित भएको ब्रहमाण्डको उर्जा(कस्मिक किरण र चुम्बकीय तथा विद्युतीय शक्ति)भन्नाले पदार्थका परमाणुको प्रोटोनमा भएको रुपान्तरण हो।पदार्थको शक्तिमा रुपान्तरणको यात्रामा गति र ताप निर्णायक हुन्छन। सरिरमा जस्तै ब्ल्याक होलमा पनि इभेन्ट होराइजन(पदार्थमा हुने परिघटनाको अन्तिम क्षितिज)भित्र पदार्थको गतिको असिमिताताले ताप उत्पन्न गर्छ र त्यो अधिक ताप तथा गतिको अन्तरक्रियाले पदार्थको बास्पिकरण हुन्छ।
पदार्थको बिलय भनेको शक्तिको उदय हो। ठोश पदार्थ गति र तापको उचित रासायनिक प्रतिक्रियाले एक्सरे किरण,रेडियो तरङ्ग,अबरक्त किरण,गामा- पराबैंगनी किरण,विद्युत चुम्बकीय विकिरण र दृश्य प्रकासको रुपमा रुपान्तरित हुन्छ। त्यहि उर्जा र रेडिएसन वार्म होल हुँदै ह्वाइट होलमा प्रवेश गरेपछि अर्को निहारिका वा ब्रह्माण्डको कच्चा पदार्थ बन्दछ।अर्थात त्यसैले पदार्थ निर्माणको लागि अर्को कस्मिक महासागरको सृजना गर्दछ।
…आधुनिक भौतिक बिज्ञानले प्रकासको परमाणु क्वान्टमको प्रवृति र बनावटबारे समेत धेरै तथ्यहरु सार्वजनिक गरिसकेको छ। उर्जा र प्रकाशको सानो ईकाई क्वान्टा तथा फोटोन (E=hv) र पदार्थको सबैभन्दा सानो ईकाई परमाणु भए झैँ ब्रहमाण्डको सबैभन्दा सानो ईकाई तरङ्ग र तार (स्ट्रिंग)हरु मिलेर बनेको क्वार्क हो।परमाणुहरूमा प्रोटोन र न्यूट्रोनहरू मिलेर बनेको न्यूक्लियस हुन्छ र तीन क्वार्कले इलेक्ट्रोन जस्तै कण बनाउँछ।
स्ट्रिङ थ्योरीका अनुसार ब्रह्माण्डमा रहेका सबै कण वा तरंग वा अन्य कुरा (एक आयामि कण)मिलेर बनेका हुन्छन्, स्ट्रिङहरू फरक फरक प्रवृतिका हुन्छन्। तिनै इलोक्ट्रोनिक कम्पनहरूले पदार्थको निर्माण गर्ने हुन्। महाबिष्फोट पछि खरबौं वर्षसम्म स्पेस कम्पन सहित गतिमान भयो। यो निरन्तर बिष्फोटको धक्काले परमाणुहरुको निर्माण गर्दै फ़ैलीइ रह्यो। त्यो क्रम अझै जारि छ।यो साँचो हो कि ब्रह्माण्डमा अवस्थित सबै चीजहरू केवल महाबिष्फोटले उत्सर्जन गरेको उर्जा,रेडिएसन तथा त्यसको कम्पनबाट बनेका हुन्।
त्यसैले सबैभन्दा सानो परमाणुमा पनि सदैव ब्रहमाण्डको नियम हाबी छ। परमाणुहरू प्रोटोन, न्यूट्रोन र इलेक्ट्रोन भनिने अत्यन्तै स-साना कणहरूबाट बनेका हुन्छन्। प्रोटोन र न्यूट्रोनहरू परमाणुको केन्द्रमा हुन्छन्, न्यूक्लियस बनाउँछन्। इलेक्ट्रोनहरूले न्यूक्लियसलाई घेरेका छन्। … प्रोटोन र इलेक्ट्रोनमा चार्ज ठ्याक्कै एउटै तर विपरीत छ। इलोक्ट्रोनहरुमा नकारात्मक चार्ज र प्रोटोन सकारात्मक चार्ज हुन्छ। त्यसैले परमाणु भित्र हुने बिपरित चार्ज बिचको द्वन्दले त्यो परमाणुको भौतिक अस्तित्व निर्धारण गर्छ।
कालो छिद्रको वरिपरि समस्त निहारिकाले चक्कर लगाए जस्तै इलोक्ट्रोनले पनि न्युक्लियसको निरन्तर चक्कर लगाइ रहन्छ।
जेफरसन ल्याबका अनुसार प्रारम्भिक परमाणुहरू मुख्यतया हाइड्रोजन र हेलियम थिए, जुन अझै पनि ब्रह्माण्डमा सबैभन्दा प्रचुर मात्रामा प्राप्त हुने तत्वहरू हुन्।
एक जीव र त्यसमा पनि मानव सरिरको सम्पूर्ण प्रणाली भौतिक,रासायनिक र जैविक चेतना तत्वको अद्भुत खगोलिय सृजना हो। जसमा ब्रहमाण्डका सबै ब्रह्म तत्वहरुको सन्तुलित समिश्रण छ। भौतिक ब्रमाण्डको सुक्ष्म रुप नै एक परमाणुलाई मानिएको छ।अहिले देखिने भौतिक ब्रहमाण्ड महाबिष्फोटको उर्जा र तापबाट सृजना भएको हुनाले परापूर्वकाल देखिकै खगोल शास्त्रीहरुले शक्तिलाई पदार्थको कारण मानेको हुनु पर्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार