मंगलबार, पुष १३ २०७८
म भर्खर १४-१५ बर्षको हुँदो हुँ अहिलेको भाषामा भन्ने हो भने टीन एज भन्नु पर्दछ त्यो समयमा पुष माग महिना निकै रमाइलो लाग्दथ्यो गाउ गाउ मन्त्री देखी पञ्च नेता डुल्ने गर्दथे भने बिद्द्यालय वार्षिक कार्यक्र्म हरु पनि प्रसस्थ हुन्थे । गाउले जनजीवन माघ महिनाको अन्त्य हुँदा नहुँदै खेती बारीको समय आइपुग्दथ्यो कृषक हरुको फुर्सदकै समय केन्द्रित गरी त्यती बेलाका कार्यक्रम तय गरेका हुन कि जस्तो लाग्दछ । किसानी जीवन सैली कृषिनै देशको प्रमुख आय थियो र कृषि नगरि दैनिकी गुजार्न गाह्रो थियो । कृषिकर्मकै लागि घर घरमा जोर हलगोरु सम्म गाउ घरमा पालेको देखिन्थ्यो । कृषि कर्मको लागि आवश्यक मलको लागि बाख्रो पाठो देखी पशु चौपाय पालिएका हुन्थे । बुडापाकाहरु भन्ने गर्दथे “की बाख्रो पाठो की लामो बाटो” त्यती बेला त्यो भाषा नबुजे पनि अहिले आएर त्यो भाषालाई बुज्दै छु । नेपाली जीवन लाहुरे जीवन पनि हो गाउ गाउ मा अहिलेको झै बैंक र सहकारिको सुबिधा थिएन जीवन धान्ने बाटो कृषिकर्म भए पनि दैनिक जीवनमा आवश्यक लत्ता कपडा नुन तेल खरिद गर्न को लागि नगद को आवश्यकता पर्दथ्यो । त्यो नगद की गाउका जिमुवाल मुखिया हरु सँग हुन्थ्यो उनको मा गएर कपाले तम्सुक बनाएर सकडा पचिस अज जिन्सी धान दिएर लिने हो भने सयको तीन पाथी धान दिनु पर्ने थियो । साहूको रिण बाट सवै तर्सन्थे र नगद आम्दानिको एउटा माद्यम बाख्रो पाठो थियो, दसैं तिहार सम्जेर लाउर वाट छुटिमा आउने हरुको ताम झाम बेग्लै हुन्थ्यो । जसले दसैं तिहारको समयमा आफु सँग भएको खसी पाठो बेच्यो उस्नग नगद हुन्त्यो की लाउरे संग मलाई कि बाख्रो पाठो कि लामो बाटो भन्ने भाषा तब बुजे जब म टीन एज सकेर युवातिर लागे । त्यती बेलाको कृषि माहोल हेर्दा खेरी अहिले विश्वमा देखिकिएको सहकारि अभियानमा हामी थियौ र जसको प्रचार प्रसार नभएका कारण हामी पछाडि परेका रहेछौ जस्तो लाग्दछ । त्यती खेर अर्को भनाइ पनि चर्चित थियो हरीयो बन नेपालको धन । कृषि कर्म र हरियो बनले हामी सञ्चै नै धनी थियौ जसकै कारण होला कोरियामा भोकमरी पर्दा नेपाल बाट खाध्यन्न सहयोग पुगेको थियो भन्ने कुरा पिताजी हरु बाट सुनेका कुरा अहिले छोरा छोरी लाई सुनाउंदा कथा झै लाग्दछ, किनकी उनिहरुले अहिले देखेको नेपाल कोरिया मात्रा हैन श्रमको लागि विदेशिन श्रम कार्यालयमा लाम लाग्दछ ।
थोरै मैले नेपालको पुरानो स्थित वताए पंचायति ब्यबस्थाको त्यो काल खंडमा पनि किसानी जनजीवन लाई मध्य नजर गरेर कृषकको फुर्सद्को समय पारेर गाउ गाउ पञ्चनेता हरु डुलेर जनता सँग त्यहाको बिकास निर्माण बिद्यालयको भौतिक पुर्वाधार निर्माण मा कसरी सहयोग गर्न सकिन्छ भनेर जनभावना बुजेर निती नियम तर्जुमा गरिने रहेछ जस्तो लाग्दछ अहिले । त्यती बेला पुष महिना कार्यक्रम हरुले ठन्डा मौसम गरम हुने गर्दथ्यो त्यसमा पनि राजा महेन्द्र, विरेन्द्र त्रिभुवन जयन्ती मार्फत राज्ननैतीक हुन्कार हरु हाक्ने गरिन्थ्यो । अनुदार शासन प्रणालीमा पनि पञ्च हरुसँगको संवाद् किन नहोस कम्तिमा बिकास योजनाको लक्ष्य कसरी पुरा गर्न सकिन्छ भनेर सोधखोज हुने रहेछ । असार लाग्दा नलाग्दै रापँस को वैठक राखी राष्ट्रिय बजेट ल्याइन्थ्यो, त्यो परम्परा अहिले पनि छ । तर त्यती बेला बिनियोजन विद्देयक लाई दुई तीन महिना घनिभुत छलफल गरी स्विक्रित गरिन्थ्यो । पञ्च वर्षिय योजना साना तथा मजौला योजना, गोरोटे, घोरेटो वाटो, पुल पुलेसा, नहर कुलो निर्माणको लागि गाउ गाउमा बजेट विनियोजन हुने गर्दथ्यो । हामीले नराम्रो ब्यबस्था भनेको ब्यबस्था भित्र यती धेरै वहस छलफल हुने गर्दथ्यो राष्ट्रिय पञ्चायत अवरोध भयो भनेर बैठक रोकियो भन्ने सुन्नमा कहिले पनि आएन । अहिले विनियोजन बिद्देयक को धारा प्रवाह छलफल त परको कुरा रोस्टम घेराउ को अबरोध तोडेर बजेट पास गर्ने अवस्थामा हामी पुगेका छौ तितो यथार्थ । योजाना बनेर समयमै पुंजिगत खर्च निकास हुने गर्दथ्यो । मैले यहाँ माथिका कुरा उल्लेख गर्दै गर्दा पञ्चायत लाई सराएको भनेर नसोच्नु त्यती अनुदार ब्यबस्था भित्र पनि केही राम्रो कार्य गर्न छलफल वहस प्रसस्त हुन्थे भन्न खोजेको मात्रा हुँ ।
मुलुक मा गणतन्त्र स्थापना पछी राजनीतिको धेरै पारो चाडने महिना पुष बाट मंसिरमा सरेको मैले अनुमान गरेको छु चाहे संविधान सभाको चुनाव होस वा संघिय संसदको चुनाव किन नहोस मंसिर मै सम्पन्न भएका छ्न भने अहिले आएर मुलुकका शिर्ष पाट्री हरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओबादी र राष्ट्रिय प्रजातन्त्र पाट्री सवैले आफ्नो आफ्नो राष्ट्रिय माहादिबेसन मङ्सिर पुष महिना भित्र सम्पन्न गरेका छन । १२ बर्षामा खोलो फर्कान्छ भने झै पुर्व प्रम केपी २०७७ को पौष पाँचमा प्रतिनिधीसभा विघटन गरे र पुषका ति दिन हरु को ताजगी गाराइदिदा त्यो पुष र यो पुषमा सम्झना लायक भएको छ ।
दलको महादिवेसनको मौसम र ओझेल्मा परेको अर्थनिती
देशमा अहिले घुमी फिरी रुम्जाटार भने झै २०६२-६३ सालको राजनैतीक परिवर्तनकारी सक्तिनै पटक पटक देशको नेत्रित्व गर्दै राज्य सक्तिमा स्थापित छन तर देसको अर्थतन्त्र दिन दिनै खस्कदै गएको छ । कृषि प्रधान देसमा भट्टमास गुन्द्रुक आयात हुन्छ भन्दा अचम्म लाग्दछ अरु सामानको के नाउ लिनु र । कृषि गर्न लयक खेत वारी वाँजो छन या टुक्र्याएर घडेरी बनाइका छन श्रम गर्न युवा हरु विदेस पलायन हुन लाम लागेर श्रमकार्यालय धाइ रहेका छन । रेमिटेन्स बाट प्राप्त आम्दानी सरकार राज्य सत्ता चलाऊन र आयत लाई धान्न खर्च गरिरहेको छ । यही हो अहिलेको नेपालको अर्थ ब्यबस्था जुन चलाएको हैन चलिरहेको छ । राष्ट्रिय आम्दानिको श्रोत घट्दो छ सत्तारुड दल बजेट भाषाण मार्फत दिर्गाकालिन योजना हैन नाग्लामा कनिका छरे झै छर्छ कार्यनयन गर्दैन । पुंजिगत खर्च गर्न नसकी रहेको अवस्थामा देसको आर्थिक बिकास कतिको संवभ हुन्छ ? संवभ छैन त्यो ज्ञान भएर पनि बर्तमानमा राष्ट्रिय महाधिवेशन गरेका दलहरुको ध्यान नपुग्नु दु:खको कुरा हो । देशको आर्थिक बिकासको लागि तय गरिने आर्थिक मेरुदण्ड आर्थिक निती कस्तो हुने भनेर पाट्रिगत आर्थिक नितिको बारेमा राष्ट्रिय पाट्री हरुमा वह्स नहुनु ले कर्मकाँडी सैलिले निर्वाचन आयोग्मा पाट्रिको दर्तालाई निरन्तरता दिनको लागि मात्रा अधिबेसन गरेको घाम झै छर्लङ भएको छ ।
२०६२-६३ को आन्दोलन २०६४ को गणतन्त्र घोषणा २०७२ को नेपालको संविधान घोषणा पछी लगभग राजनैतिक परिवर्तनको आन्दोलन समाप्त भएर देशमा आर्थिक क्रान्ति तिर देश लाई रुपान्तरित गर्नु पर्ने हो जुन कुरा राष्ट्रिय नेता हरुले पटक पटक अभिब्यक्ती दिन्दै आएका पनि छन तर व्यबहारमा त्यो नदेखिनुले राजनैतिक नेत्रित्वले यात परिवर्तन लाई संस्थागत गर्न चाहदैनन यता आफु हरु मात्रै चर्खा घुमे झै सत्तामा टिकी रहने योजना बुन्दै छन भनेर अब नबुजी जनतामा धैर्य नै छैन । राजनैतिक क्रान्ति पछी यदी आर्थिक क्रान्ति गरिएन भने त्यो देसमा अर्को बिद्रोह नहोला भन्न सकिदैन यदी त्यो बिद्रोह भयो भने त्यो भेलले हामी त परदेशमा बसेर एक मानु खाना पुग्ने पाखो जोडेका छौ त्यही खोस्रेर खाऔला नेताहरुलाई त्यो अधिकार पनि छैन कसरी खानु हुन्छ या विदेश पलायन हुनुहुन्छ तपाईं हरु ? वानी बिग्रिसकेको छ तपाईं हरुले पौरख गर्ने क्षमता पनि राख्न सक्नु भएको छैन झोली तुम्बा कहाँ बिसाउनु हुन्छ ? तसर्थ अजै पनि समय छ राष्ट्रिय अधिबेसन पछी आर्थिक योजना सहीतको अधिबेसन गरेर राष्ट्रको हित हुने गरी सवै पाट्रिले आर्थिक क्रान्तिको अर्थनिती र परास्ट्र निती तय गर्न लेख मार्फत अनुरोध गर्दछु । अबको समय राष्ट्रिय आर्थिक उपार्जन गर्नका लागि नै सम्पूर्ण राजनीतिक ऊर्जा मुलुकको विकास, आमजनताको सुख र दिगो समृद्धिमा लक्ष केन्द्रित गरी उदेस्य प्राप्तिको लागि दल हरु लाग्नु पर्ने समयको माग्लाई राष्ट्रिय दलहरु ले बुज्नु पर्दछ ।
नेकपा (एमाले)
सवै भन्दा पहिला चितवनमा १४ मंसीरमा नेकपा (एमाले)को महाधिवेशन सम्पन्न भयो, राजनैतीक नेत्रित्व चयन गरी सम्पन्न यस माहादिबेसन लाई धेरै ले धेरै तरिका बाट हेरेका थिए । बिशेष त २०७७ पौष ५ मा प्रथम पटक प्रतिनिधि सभा विघटन गरेर चौतर्फी आलोचनाको शिकार बन्दै पाट्री नै टुक्रिएको अवस्थामा पाट्री अधिवेसनमा कार्यकर्तको उत्साहा कस्तो रहन्छ भनेर हेरिएको पनि थियो नेकपा एमालेको यो अधिबेसन मा कार्यकर्ताको उत्साहा पहिलाका महाधिवेशन जस्तै देखिको थियो । महादिबेसन त्यही भयो जुन सम्माननिय पुर्व प्रम ओली चाहन्थे, महाधिवेशन मा बन्द सत्र मार्फत कार्यदिशा र काय्रक्रम हरु पारीत गरिए पनि नेकपा एमालेको यो अधिबेसन ले आर्थिक नितीको बारेमा न निती ल्यायो न ल्याउनु पर्ने आवश्यकता नै उसले देख्यो । नेपालको बामन्थी आन्दोलनको एउटा धार नेकपा एमाले सत्ता भित्र अन्न्य वाम्पन्थी दल भन्दा धेरै बसेको छ तर पनि उसको आर्थिक निती के हो अहिले सम्म स्पस्ट पार्न नसक्नु उसको कम्जोरी मान्नै पर्दछ । नेकपा एमाले क्रान्तिको आवाज बोल्न सक्दछ तर क्रान्ति पछीको समुन्नत नेपालमा कसरी पुग्न सकिन्छ भनेर भिजन नभएको दिसा हिन जस्तो देखिएको छ । अधिबेसन मार्फत देखिएको अर्को चरित्र भिजन भएर पनि नेत्रित्वमा पुग्नको लागि रबर स्ट्याम्प भएर बस्नु पर्ने रबर स्ट्याम सैली त्यहा देखियो ।
रा.प्र.पा
नेकपा एमालेको महाधिबेसनको ह्याङ ओभर सकिदा नसकिन्दै पुर्व पञ्चहरुको पार्टी रा.प्र.पा ले पनि आफ्नो अधिबेसन काठमाण्डौ मा सम्पन्न गर्यो आफुलाई बैकल्पिक लोक्त्रान्तिक सक्ती मान्ने राप्रपा जन्मदै जुम्ल्याहा भएर जनिमिएको पार्टी हो र पाट्रिलाई नेताहरुको पदिय स्वार्थगत रुपमा मागी खाने भाँडो जस्तो बनाएको यो पाट्रिमा नेताहरुको जुंगाको लडाईं बढी देखिन्छ । यो पाट्रिको अधिबेसन मा पनि देशको अर्थतन्त्रको बारेमा त्यती बहस हुन सकेन तर अधिबेसन मार्फत नेत्रित्व परिवर्तन भयो त्यो परिवर्तित नेत्रित्व लाई पुर्व अध्यक्ष कमल थापाले आत्मसाथ गर्न नसकेको अधिबेसन पछीको उहाका अन्तर्वाता हरुले स्पस्ट पार्दछ । रा.प्र.पा को यो अधिबेसन नितान्त नेत्रित्व को लागि थियो भन्न सकिन्छ ।
नेपाली कांग्रेस
संविधान त भदौमा गर्नै पर्ने नेपाली कांग्रेसको महाधिवेशन मङ्सिर २४-२७ मा काठमाण्डौमा सम्पन्न भयो कोभिड को कारण २०७७ फागुनमा सम्पन्न हुनु पर्ने माहादिबेसन २०७८ मङ्सिरमा सम्पन्न गर्दै गर्दा पनि कोभिड को डर त्रास सन्त्रास सवै तिर थियो । त्यसकारण होला कांग्रेसले आफ्नो महादिबेसन लाई सक्ती पर्दसन्को रुपमा लिएन जसरी एमाले ले चितवनमा लिएको थियो । माहदिबेसन लाई निती परिवर्तन भन्दा पनि नेत्र्तित्व चयन्को रुपमा मात्र कांग्रेसले लिएको र छिट्टै नै राष्ट्रिय सम्मेलन मार्फत निती तथा बिधी सम्मेलन आयोजना गर्ने कांग्रेसले जनाएको छ । देशको प्रजातान्त्रिक आन्दोलनको परायवाची पाट्रिले आफ्नो महादिबेसन मार्फत २०७२ को संबिधानमा ब्यबस्था भए अनुसार समाजवाद उन्मुख अर्थनीती कस्तो हुन्छ भनेर स्पस्ट पार्न नसक्नु दु:खको कुरा हो । हुनत नेपाली कांग्रेस ले २०४६ सालको पारीविर्तन पछी विश्वमा देखिएको खुला अर्थ नितिलाई अङालेको छ । यही अर्थ निती अनुसारनै आफुलाई साम्यवाद उन्मुख भन्ने नेपालका कम्युनिस्ट पाट्री हरुले पनि अनुसरण गर्दै आएका छन ।
मुलत नेपालीकाँग्रेसको अर्थनिती विपिको समाजवादको आधारमा तय गरिएको हो, जसमा समृद्धि बढाउने, असमानता घटाउने र व्यक्तिको स्वतन्त्रता सुनिश्चित गर्ने तर २०४६ सालको राजनैतीक परिवर्तन पछी नेपाली कांग्रेसले खुला अर्थनितिको निती लियो जसबाट विपिको कल्पना अनुसारको समाजवादको लक्ष्यमा पुग्न नसकेको स्पस्ट छ । विश्वको वदलिन्दो परिस्थिती १९९० पछी विश्वमा देखिएको आर्थिक मन्दी र कोरोनाको असर तथा नेपालको भुकम्प र २०७२ सालको संबिधानको मुल मर्मलाई लक्षित गर्दै खुला अर्थनिती बारे यस्पटक घनिभुत छलफल गरी अर्थनिती पारीमार्जन सहीत नयाँ ल्याउन सक्नु पर्दथ्यो त्यो हुन नसक्नु कहि कही कांग्रेस को कमजोरी रहेको यसलाई स्विकार गर्न सक्नु पर्दछ । कांग्रेसले भावी आर्थिक सिद्धान्त तय गर्दै नेपाली कांग्रेसले यथार्थलाई यसरी सम्बोधन गर्न सकिन्छ भनेर विवेचना सहीत प्रतिबेदन पास गर्न सक्नु पर्य्दथ्यो नेपाली कांग्रेस यहाँ नेर चुकेको छ । अपेक्षा गरौ पहिला भने झै निकट भबिस्यमै बिधी र बिधान अधिबेसन मार्फत आर्थिकनिती आउने छ ।
नेकपा माओवादी
२०७८ पौष ११ देखी १५ पौष सम्म नेकपा माओवादीको राष्ट्रिय महादिबेसन चल्दै छ उद्द्घाटन सत्र सकेर बन्द सत्रमा प्रबेस गरेको नेकपा माओवादीको यो अधिबेसनले पनि नयाँ कार्यसमिती चयन गर्ने छ । राष्ट्रिय महादिबेसन अगाडि नै पुँजिबजार माथि खरो टिप्पणी गरेर चौतर्फी बिरोध खेपेका पूर्व प्रम सम्माननीय प्रचण्डले प्रस्तुत गरेको आफ्नो राजनैतीक दस्ताबेज मा २१ औँ शताब्दीमा समाजवादको बाटो’ शीर्षकको दस्तावेज पेश गरेका छन् । यसमा एउटा कुरा जनमानसमा प्रिय हुने शब्द राखेका छन “निरन्तर र व्यवस्थित तवरले शान्तिपूर्ण क्रान्तिको तयारी गर्ने” शान्तीपूर्ण क्रान्ति भन्ने शब्दले नेपालको बाम्पन्थी आन्दोलनले अधिकाम्स हत्या हिम्साको अंधिबेरि मात्र ल्याएको महसुस गरेका नेपाली जनताको लागि “शान्ती” शब्दले राह्त महसुस गरेका छन । आफु पहिलो चोटि प्रधानमन्त्री हुँदा खुला अर्थन्त्रको मुक्तकन्ठले प्रसन्सा गरी त्यो अर्थ निती बाट बिचल्लित नहुने प्रण गर्नु भएको प्रचण्ड अहिले बहुरास्ट्रिय कम्पनी र तिनको लगानी लाई निस्तेज गर्नु पर्दछ भनी सार्वजनिक आवाज समेत दिनुले नेकपा माओवदी ले कस्तो अर्थनिती तय गर्न खोजेको हो शन्का उपसंका बढेको छ तथापी यो माहादिबेसन बाट माओवादी पाट्रिको अर्थनिती यस्तो हुने भन्ने कुरा न आउने पक्का छ यो दु:खद कुरा हो । पुंजी वजारलाई पुंजिपती हरुको कमाउने स्थलोको रुपमा दस्ताबेज मा उल्लेख गर्नु र आफ्नो आर्थिक निती के हो भनेर कही उल्लेख नगर्नु ले पनि नेकपा माहोबादी पनि अन्न्य दल झै आर्थिक नितिका बारेमा बेखवर रह्को स्पस्ट छ । प्रचण्डको बोली नै उसको निती जस्तो रहेको माओवादी भित्र उहाको बोली नै वर्तमान अर्थनितिलाई डग्मगाउने सैलिको भएकोले बिना अध्ययन बिना निती सस्तो लोकप्रिय कुराहरु जिमेवार पट्रीको मुख्य ब्यतित्व बाट त्यसरी नबोल्दा उचित हुन्छ ।
विश्व अर्थतन्त्र २०२२ मा पहिलो पटक १०० ट्रिलियन डलरभन्दा माथि हुने अनुमान गरिएको छ, यस्तै अनुमान हरुमध्ये नेपालका छिमेकी राष्ट्र चीन अमेरिका लाई उछिनेर एक नम्बरमा रहने, भारतले आउँदो वर्षसम्म फ्रान्सलाई उछिन्ने गरी आर्थिक योजना हरु बुन्दै गर्दा नेपालमा राष्ट्रिय क्रान्ति गरेर आफ्नो अधिकारको खोजी गर्न सक्ने तर राजनैतिक क्रान्ति पछी आर्थिक क्रान्ति गर्ने मन वचन कर्म बाट लागि परेका राजनैत्क दल हरुको राष्ट्रिय महाधिवेसन धमा धम भै रहँदा २०७२ सालको भुकम्प र नयाँ सन्बिधान ले तय गरेको सवाज्वाद उन्मुख अर्थनिती के हो र त्यसमा कसरी पुग्न सकिन्छ भनेर एजेन्डाको रुपमा महादिबेसनमा प्रबेस नपाउनु सञ्चै नै दु:खको कुरा हो ।
नेपाली अर्थतन्त्रको शाख अन्तर्राष्ट्रिय जगत्मा यसको क्रमश: घट्दै गएको छ भरत सँगको मौद्रिक नितिले डलरको भाउ बड्ड्दा भारत सक्तिशाली हुने हामी कम्जोर बन्ने अस्वथा छ साधारण खर्च धान्न समेत वैदेशिक सहायता लिन पर्ने अवस्थाको सिर्जना भएको अवस्थामा बैदेशिक सायता बिभिन्न कारणले रोकिदै गएर झन्डै शून्यमा झरेको रिपोर्ट हरुमा देखिन्छ यस्तो बिषम परिस्थितीमा पनि अर्थतन्त्रका अल्पकालीन, मध्यकालीन वा दीर्घकालीन कुनै योजना हरु नबनाइ पाट्री हरुको माहादिवेसन सम्पन्न हुनु र हामी ताली बजाउनु सञ्चै नै आफ्नो खुटामा आँफैले बन्चरो हानु जस्तै हो । नेपालमा सामाजवादी तथा प्रगतिशिल विचार भएका राजनीतिक दलका नेता सरकारका मन्त्री भए पनि शेयर बजारलाई आफुलाई समाजवादी तथा प्रगतिसिल विचार भएको मान्ने तर अरुको प्रगतीमा आर्स्यगरेर आफ्नो राजनैतीक रोटी सेकाउने केही उच्च तहका नेताहरु साधारण खर्च अनुदान बाट ल्याउने भनेर बजेट बनाउछन र सडकमा उत्रिएर अनुदानको बिरोध गर्दछन हुन त यहाँ सत्य कुरा ओक्लने भने राष्ट्रघाती वनिन्छ तर यथार्थ हो बिगत १५ बर्ष देखिको बजेट पल्टाएर हेर्दा यही भेटिन्छ ।
समय छ जसरी क्रान्ति गरी अधिकार लिन नेपालका राजनैतीक सक्ती हरु एक्ठाउमा पटक पटक उभिन सक्नु हुन्छ त्यसरी नै नेपालको संविधानमा उल्लेखित समाजवाद उन्मुख अर्थनिती ल्याउन सवै पाट्री हरु एक ठाउमा रहेर कार्य गरौ । जसरी मानब जीवन रगत बिना कल्पना गर्न सकिदैन स्पस्ट अर्थनिती बिना न देसले आर्थिक सम्रिद्दी हासिल गर्न सक्दछ नत राजनैतीक दलनै जीवन्त बन्न सक्दछन । कुनै मोडमा आएर देस इथियोपिया र पुराना राजनैतीक दलको पलायन र नयाँ नयाँ जोगी हरुको आगमन लाई कसैले नकार्न सक्दैन भने हाम्रा सन्तात्तिले हामीलाई धिकार्नु सिवाय हामी सँग केही रहदैन ।
महासमिती सदस्य
नेपाली कांग्रेस, हाल कतार
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij