बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेकपाको प्रवास संगठन प्रवासी नेपाली एकता मञ्चले गर्यो नवप्रवेशीलाई स्वागत

आइतबार, असार ८ २०७६

कतार (जस)– नेकपाको प्रवास संगठन प्रवासी नेपाली एकता मञ्चले मञ्चमा नवप्रवेशीलाई स्वागत गरेको छ । मञ्चमा अन्य भिन्न बिचारमा आस्था राख्नेहरु संगठनमा प्रवेश गरेकाहरुलाई नेकपा कतारका अध्यक्ष चानक पोखरेलले खादा तथा अबिर लगाएर स्वागत गरेका थिए । पोखरेलले प्रवासी नेपाली एकता मञ्चमा नव प्रवेशी कमरेडहरुलाई हार्दिक स्वागत छ भन्दै मञ्च सबैको साझा थलो भएको बताए । निम्न व्यक्तिहरु प्रवासी नेपाली एकता मञ्चमा प्रबेश गरेका छन् :

युबराज कँडेल – बाँके, टेक बहादुर नेपाली (गैरे) स्याङ्जा, ज्ञानु बि.सी – बाँके, सुर्य बुढा- बाँके, ओम प्रकाश खत्री – बाँके, मिना कँडेल – बाँके, राजन थापा – बाँके, बिक्रम गुरुङ्ग – रसुवा, प्रकाश बि.क – बर्दिया, अनिस बि.क बाँके, फिराजुल राइन – महोत्तरी र दिपक भण्डारी – गुल्मी ।

प्रतिक्रिया
सम्बन्धित समाचार