बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

विश्वकप क्रिकेट : आज इंग्ल्याण्डले श्रीलंकासँग खेल्दै

शुक्रबार, असार ६ २०७६

काठमाडौं, ६ असार । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज शुक्रबार एक खेल हुँदैछ ।

शुक्रबार हुने एक मात्र खेलमा इंग्ल्याण्ड र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।

इंग्ल्याण्डको लिड्समा यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ ।

दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।

इंग्ल्याण्ड पाँचौ जितको खोजीमा हुनेछ भने श्रीलंका दोस्रो जितको लक्ष्यसहित मैदानमा उत्रनेछ ।

इंग्ल्याण्ड श्रीलंकालाई पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लन चाहन्छ भने श्रीलंका पनि इंग्ल्याण्डलाई पराजित गर्दै आफुलाई उपाधि दाबेदारको रुपमा उभ्याउन चाहन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार