बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पूर्वराजावरपरकै मान्छले मेरो पार्टी फुटाइदिए : कमल थापा

शुक्रबार, जेष्ठ २४ २०७६

पोखरा, २४ जेठ / राप्रपा अध्यक्ष कमल थापाले ठूला भ्रष्टाचारमा ठूला दलहरूले सहकार्य गर्ने गरेको आरोप लगाएका छन् ।

पोखरामा आयोजित पत्रकार भेटघाटमा उनले वाइडवडी जहाज खरिद प्रकरण, एनसेल करछली, सुन तस्करी काण्ड र बालुवाटारको जग्गा व्यक्तिको नाममा दर्ता गर्दा ठूला दलहरूबीच सहकार्य भएको आरोप लगाएका हुन् ।

उनीहरूको सहकार्यकै परिणम भएकाले सरकारले छनबिन गर्न चचाहेको उनको भनाइ छ । सामान्य छानबिन हुँदासमेत कांग्रेस र कम्युनिस्टका शीर्ष नेतहरूको नाम जोडिएपछि छानबिन नै ढिसमिस हुने गरेको उनले बताए । लोकतन्त्रको आवरणमा व्यवासायी, प्रशासक र राजनीतिक नेताको त्रिकोणत्मक गठबन्धन बनाएर देशमा ब्रह्मलुट मच्याइएको उनको टिप्पणी छ ।

‘ठूलाठूला भ्रष्टाचारमा कांग्रेस नेताको पनि संलग्नता रहेको आशंका गरिन्छ, यी शृंखला तत्कालका मात्रै होइनन्,’ उनले भने, ‘कांग्रेस र कम्युनिस्टको सहकार्यमा ठूलाठूला भ्रष्टाचार हुने गरेका छन् ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष थापाले पूर्वराजाका वरिपरिकै मान्छेबाट सबैभन्दा पीडित रहेको दुखेसो गरे । ‘राजतन्त्रको एजेन्डा छोड्न मलाई धेरै सल्लाह आए । पूर्वराजाका वरिपरिका मान्छेले सबैभन्दा धेरै दुःख पनि दिए ।’ उनले राजसंस्थाको एजेन्डा बोक्नुपर्ने खास कारण रहेको बताए । पूर्वराजाका वरिपरिका मान्छेले नै आफ्नो पार्टी फुटाएको समेत उनले आरोप लगाए ।

‘मलाई सबैभन्दा पीडा दिने पूर्वराजावरपरकै मान्छे हुन्, मेरो पार्टीलाई फुटाइदिने पनि उनीहरू नै हुन्, तर, पनि राजसंस्थाको एजेन्डा लिनुका पछाडि खास कारणहरू छन्,’ उनले भने । राजसंस्था राजनीतिक आग्रहपूर्वाग्रहबाट माथि उठ्ने र अन्तिम अवस्थामा पनि राष्ट्रिय हितमा रहने भएकाले राजसंस्थाको वकालत गरेको उनको भनाइ छ । ’

प्रतिक्रिया
सम्बन्धित समाचार