काठमाडौ(जस)- नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । व्यवसायी क्याप्टेन रामेश्वर थापाको घरमा दुई नेताबीच भेटवार्ता सुरु भएको स्रोतले जानकारी दिएको छ ।
पछिल्लो समय नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा दिने तयारी गरीरहेको बेला ओली र नेपालबीच भेटवार्ता भएको हो । बिहीबार विहान अध्यक्ष ओलीले नेपाललाई फोन गरी भेटका लागि प्रस्ताव गरेको बताईएको छ। ।बिहीबार एमाले स्थायी कमिटी बैठकमा नेता नेपाल,सुरेन्द्र पाण्डे , घनश्याम भुसाल र भीम रावललाई गरिएको निलम्बनको कारबाही फिर्ता लिने निर्णय गरेको थियो । बिहीबार नै नेता नेपालसँग ओली पक्षका नेता विष्णु पौडेलले समेत भेटवार्ता गरेका थिए ।