काठमाडौं / काठमाडौंमा उपत्यकामा थप ११ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंका ८६२, भक्तपुरका १७४ र ललितपुरका ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो ।