बुधबार, असोज ७ २०८३

बुधबार, असोज ७ २०८३

देशभर बढ्यो चिसो, उपत्यकाको तापक्रम ५.९ डिग्री

शुक्रबार, मंसिर ५ २०७७

काठमाडौं / देशका उच्च पहाडी तथा हिमाली भेगको मौसम आंशिक बदली र अन्य स्थानमा सफा रहे पनि देशभर निरन्तर चिसो बढिरहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका उच्च पहाडी र हिमाली क्षेत्रका एक, दुई स्थानमा आंशिक बढे पनि बाँकी भागमा मौसम सफा रहेको छ। तर देशभर चिसो भने बढिरहेको छ।

काठमाडौं उपत्यकाको आज विहानको न्युनतम तापक्रम ५ दशमलव ९ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसोको तापक्रम २२ डिग्री सेल्सियसम्म पुग्ने अनुमान महाशाखाको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार