आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

बुधबार २५६९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ लाख नाघ्यो (भिडियोसहित)

बुधबार, कार्तिक २६ २०७७

काठमाडौँ । पछिल्लो २४ घन्टामा २ हजार ५६९ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ८१ जनाको पिसिआर परीक्षण गर्दा २५६९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

नयाँ सङ्क्रमित थपिएसंगै नेपालमा हालसम्म २ लाख २ हजार ३२९ जना पुगेको छ । अहिलेसम्म सक्रिय सङ्क्रमित ३८ हजार ९१२ जना रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका क्रममा जानकारी दिए ।

पछिल्लो २४ घन्टामा १६६६ जना सङ्क्रमणबाट निको भइ घर फर्किसकेका छन । अहिलेसम्म एक लाख ६२ हजार २४३ जना निको भइर घर फर्किका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप एक हजार २६१ जनामा कोरोनाका सङ्क्रमित भेटिएका छन् । उनीहरुमध्ये काठमाडौँमा ९७६, ललितपुरमा २०४ र भक्तपुरमा ८१ जना रहेका छन् ।
https://www.facebook.com/mohpnep/videos/1009717372864668/

प्रतिक्रिया
सम्बन्धित समाचार