आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

नेपालमा कोभिड–१९ को निको हुने दर असी प्रतिशत

बुधबार, कार्तिक २६ २०७७

काठमाडौँ(जस)–नेपालमा मंगलबार दुई हजार सात ३६ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६९० जनाको पिसिआर परीक्षण गर्दा एक हजार ५९ महिला र एक हजार ६७७ पुरुषमा संक्रमण देखिएको हो । नयाँ संक्रमितसंगै नेपालमा अहिलेसम्म एक लाख ९९ हजार ७६० जना पुगेको छ । तीमध्ये ३४ प्रतिशत अर्थात ६६ हजार ९४५ जना महिला र ६६ प्रतिशत अर्थात एक लाख ३२ हजार ८१५ जना पुरुष रहेका छन् ।
मंगलबार देखिएकामा प्रदेश नंं १ का २५३ जना, प्रदेश नंं २ का ९८ जना, वागमति प्रदेशका एक हजार ७८८ जना, गण्डकी प्रदेशका २०९ जना, लुम्विनी प्रदेशका २७९ जना, कर्णाली प्रदेशका १३ जना र सूदुरपश्चिम प्रदेशका ९६ जना रहेका छन् । अहिलेसम्म सक्रिय संक्रमित ३८ हजार ३५ जना रहेका छन् ।
निको हुने दर असी प्रतिशत
मंगलबारको सो विवरणमा आठ सय ५३ जना मंगलबार संक्रमणबाट निको भइ घर फर्किसकेका छन । अहिलेसम्म एक लाख ६० हजार ५७७ जना निको भइर घर फर्किका छन । नेपालमा निको हुने दर ८० प्रतिशत रहेको छ । यस्तै उपत्यकामा मंगलबार एक हजार ४२० जनामा संक्रमण देखिएको छ । तीमध्ये ६०३ जना महिला र ८१७ जना पुरुष रहेका छन ।
२२ जनाको निधन
यस्तै मंगलबार २२ जनाको संक्रमणबाट निधन भएको छ । अहिलेसम्म एक हजार १४८ जनाको संक्रमणबाट निधन भइसकेका छन । मन्त्रालयको तथ्याङ्क अनुसार संक्रमितमध्ये मृत्यु दर ०.६ प्रतिशत रहेको छ । प्रति दश लाखमा ३९.३ जनाको निधन भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी संक्रमितमध्ये ४०४ जना सघन उपचार कक्ष (आइसियु) र ९६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । तीमध्ये आइसियुमा प्रदेश नंं १ का ४५ जना, प्रदेश नंं २ का १२ जना, वागमति प्रदेशका १८४ जना, गण्डकी प्रदेशका ७६ जना, लुम्बिनी प्रदेशका ६२ जना, कर्णाली प्रदेशका आठ जना र सुदूरपश्चिम प्रदेशका १७ जना रहेका छन् । यस्तै भेन्टिलेटरमा प्रदेश नंं १ का १५ जना, प्रदेश नं. २ का दुई जना, वागमति प्रदेशमा ५८ जना, गण्डकी प्रदेशका १५ जना र लुम्बिनी प्रदेशका छ जना रहेका छन् ।
यस्तै पाँच सय भन्दा बढी संक्रमित भएका जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी (पूर्व), दाङ, रुपन्देही र कैलाली रहेका छन् । शून्य सक्रमित रहेको एकमात्र जिल्ला मनाङ रहेको छ । क्वारेन्टिनमा एक हजार ५८ जना र होम आइसोलेसनमा २९ हजार ७३४ जना रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार