बुधबार, असोज ७ २०८३

बुधबार, असोज ७ २०८३

२४ घण्टामा काठमाडौं उपत्यकामा थपिए २२८३ कोरोना संक्रमित

सोमबार, असोज २६ २०७७

काठमाडौं / काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २२८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ गरी जम्मा २२८३ जना संक्रमित थपिएका छन् ।

यसअघि आइतबार (हिजो) काठमाडौंमा ११४५, भक्तपुरमा ११० र ललितपुरमा १६१ गरी जम्मा १४१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार