सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

लक्ष्मी बैंकको नयाँ शाखा बर्दियाको गुलेरिया र दाङको तुल्सीपुरमा

मंगलबार, जेष्ठ ७ २०७६

काठमाडौं(जस)–लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा क्रमशः बर्दियाको गुलेरिया र दाङको तुल्सीपुरमा आफ्नो १०४ औँ र १०५ औँ शाखा संचालनमा ल्याएकोे छ । यी सँगै प्रदेश ५ मा बैंकको शाखा संख्या १२ पुगेको छ । यी शाखाहरु मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको जनाएको छ । यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४७ जिल्लामा १०५ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १२७ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार