बुधबार, असोज ७ २०८३

बुधबार, असोज ७ २०८३

चितवनमा कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ४८ पुग्यो

बुधबार, असोज २१ २०७७

चितवन / कोरोना भाइरसको संक्रमणबाट चितवनमा थप दुई जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकका ७८ वर्षीय पुरुष र भरतपुर महानगरपालिका–१० का ६१ वर्षीय पुरुषको मृत्यु भएको हो ।

७८ वर्षीय पुरुषको आज बिहान साढे पांँचबजे मृत्यु भएको हो । उनी असोज १९ गते अस्पताल भर्ना भएका थिए भने २० गते कोरोना पोजेटिभ देखिएको थियो ।

यस्तै भने ६१ वर्षीय पुरुषको मंगलबार बेलुका मृत्यु भएको हो । मधुमेह र उच्च रक्तचापको समस्या रहेका उनी सोमबार अस्पताल भर्ना भएका थिए । उनमा मंगलबार कोरोना पुष्टि भएको थियो ।

कोरोनाबाट थप दुई जनाको मृत्यु भएसँगै चितवनमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ । जसमा चितवनका मात्रै २७ जना छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार