काठमाडौं । लग्जेम्बर्गमा लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आएका समाजसेवी जीतबहादुर थापाको संयोजकत्वमा बागलुङ जिल्लाको ढोरपाटन नगरपालीकामा आएको् बाढी पहिरोबाट पीडितहरूलाई राहत रकम प्रदान गरिएको छ । पीडितहरुलाई थापाको संयोजकत्वमा संत्रलन भएको १ हजार ५ सय ४६ यूरो राहत सहयोग रकम हस्तान्तरण गरिएको हो ।
थापाले विस २०७७ साल भाद्र १७ गते बाग्लुडको भुझी खोलामा आएको बाढीसँगै भएको धनजनको क्षतिलाई टुलुटुलु हेर्न नसकेको र तुरून्तै साथीभाई,ईष्टमित्रहरू लाई सम्पर्क गरेर सहयोग रकम जुटाउन सफल भएको बताए । ।
विश्वभर जहाँसुकै अफ्ठयारोमा परेका नेपालीको सहयोगमा खटिने थापाले कोरोनाका कारण स्पेनमा समस्यामा परेका नेपालीहरुका लागि पनि केही अघि राहत सहयोग उपलब्ध गराएका थिए । रविन्द्र मिश्रले स्थापना गरेको हेल्प नेपाल , सि एन एन हिरो पुष्पा वस्नेत को ईसीडीसी ,सिन्धुपाल्चोकको ठुलो सिरूबारीमा नमुना बाल भवन, गल्कोटको खहरे खोलामा पूल निर्माण, E-Library मा Cumputer साथै बिभीन्न स्कूल र सघं संस्थामा स– साना सहयोगहरू गर्दै आएका थापा भुकम्प पिडितका लागी रेष्टुरेन्ट मा Donation Box राखेर थुप्रै सहयोग रकम NRNA Luxembourg मार्फत पनी सहयोग गरिसकेका छन् । बाग्लुङ ढ़ोरपाटनको बाढी पहिरो पीडितलाई सहयोग गर्ने सहयोगीहरूको नामावली :