काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९०२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा मात्रै ६९७ जना रहेका छन् भने भक्तपुरमा ९३ र ललितपुरमा ११२ जना रहेका छन् । बुधबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो ।