बुधबार, असोज ७ २०८३

बुधबार, असोज ७ २०८३

नाका कडाइ नगर्दा काठमाडौं उपत्यकामा भयावह अवस्था

सोमबार, असोज १२ २०७७

काठमाडौं(जस)–उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना भाइरस सिंहदरबार प्रवेश नगरेसम्म नियम बनाउनेहरुको चेत नखुल्ने बताएका छन् । रफत् सञ्चार क्लबले आइतबार भक्तपुरमा आयोजना गरेको अन्तरक्रियामा उनले नगरपालिका फोरमले पटकपटक सिमा नाका कडाइ गर्न गरेको आग्रह अटेर गर्दा भयावह अवस्था आएको बताए । फोरमका सचिव श्रेष्ठले देशभरको संक्रमितको सङ्ख्याको ५० प्रतिशत संक्रमित उपत्यकामा देखिनु र नियन्त्रणमा जिम्मेवार निकायले लापरवाहीकै कारण कोरोना नियन्त्रण बाहिर पुगेको बताए । ‘हामीले सीमा नाका कडाइ गरौँ, उपत्यका जोगाउन बाहिरी जिल्लाबाट प्रवेश गर्न नदिऔँ र उपत्यकाभित्र लकडाउन खोलौँभन्दा प्रशासनले मानेन,’ उनले भने ।
उपत्यकामा डरलाग्दो अबस्थामा संक्रमण बढ्दै समुदायमा फैलिएको बताउदै उनले उपत्यकाबाट अव दशैं र तिहारको समयमा बाहिर जानेबाट देशैभर कोरोना संक्रमणको दर वृद्धि हुने अवस्था रहेकाले सर्तकता अपनाउन आवश्यक रहेको भनाइ राखे । अब लकडाउनको अर्थ नभएको बताउँदै उनले भाइरस संक्रमण बढी भएको क्षेत्रमा निषेधाज्ञा लगाउन भने सकिने बताउदै दशैं तिहारसम्म संक्रमितको सङ्ख्याले एक लाख नाघ्ने बताए । उपत्यका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको निषेधाज्ञा कागजमै सीमित बन्दा उपत्यकामा महामारी फैलिएको उनको भनाइ थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार