बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

थप ९७९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४७ हजार नाघ्यो (भिडियोसहित)

सोमबार, भाद्र २२ २०७७

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ४७ हजार २३६ पुगेको छ ।

देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ९ हजार २१८ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म ३० हजार ६७७ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएको प्रवक्ता गौतमले बताए । पछिल्लो २४ घण्टामा एक हजार ७३६ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

हाल देशभर १६ हजार २५९ सक्रिय सङ्क्रमित छन् भने क्वारेन्टिनमा ४ हजार ७३९ जना छन् ।
https://www.facebook.com/mohpnep/videos/653651408868982/

प्रतिक्रिया
सम्बन्धित समाचार