काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०४१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङका क्रममा प्रवक्ता प्रा.डा जागेश्वरश गौतमले ३४९ जना महिला र ६९२ जना पुरुष गरी १०४१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
नेपालमा कोरोना पुष्टि हुनेको संख्या ४५,२७७ पुगेको छ । प्रवक्ता गौतमका अनुसार २४ घण्टामा गरिएको पीसीआर परीक्षणको संख्या १२४७३ रहेको छ । सक्रीय संक्रमितको संख्या १७, ८७० छ ।
यी मध्ये संस्थागत आइसोलेसनमा ९, ८६६ होम आइसोलेसनमा ८,००४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना मुक्ता भई डिस्चार्ज हुनेको संख्या १,५६६ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको जम्मा सख्या २७, १२७ रहेको छ ।
https://www.facebook.com/mohpnep/videos/318754712529879/