मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

टेबल टेनिस खेलाडीको कोरोना बिमा गरिदिँदै प्रशिक्षक दुलाल

शुक्रबार, भाद्र १९ २०७७

काठमाडौं । प्रशिक्षक राजेन्द्र दुलालले १२ जना टेबल टेनिस खेलाडीको कोरोना बिमा गरिदिने भएका छन् ।

सशत्र प्रहरी बल (एपीएफ)का प्रशिक्षक दुलालले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा विभागीय टिम एपीएफबाट खेलेका सहित विभागका टेबल टेनिस खेलाडीको कोरोना बिमा गरिदिने भएका हुन् ।

१३ औं सागमा टेबल टेनिस खेलको ब्यवस्थापकको रुपमा काम गरेका दुलालले ७ पुरुष र ५ जना महिला खेलाडीको कोरोना बिमा गरिदिन लागेको बताए ।

‘कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ । खेलाडीलाई मनोबैज्ञानिक रुपमा राहत प्रदान गर्न ब्यक्तिगत रुपमा बिमा गरिदिन लागेको हुँ ।’ उनले भने ।
उनले खेलाडीको मनोबल बढाउनु एउटा प्रशिक्षकको जिम्मेवारी भएको उल्लेख गर्दै खेलाडीको बिमा गर्न लागिएको बताए ।

एपीएफका ४ खेलाडीले साग खेलकुदमा देशकाे प्रतिनिधित्व गरेका थिए ।

टेबल टेनिसका पूर्व राष्ट्रिय खेलाडी दुलाल हाल सशस्त्र प्रहरी बल (एपीएफ)को प्रशिक्षकको रुपमा कार्यरत छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार