बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

पछिल्लो २४ घण्टामा थपिए १ हजार ६९ कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या ४० हजार नाघ्यो (भिडियोसहित)

मंगलबार, भाद्र १६ २०७७

काठमाडौँ(जस)–नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५ सय पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ सय ६८ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा २२ हजार १ सय ७८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

होम आइसोलेसनमा रहनेहरुको संख्या ७ हजार २ सय २ रहेको छ । विगत २४ घण्टामा १२ हजार ८८ जनाको पिसिआर परीक्षण भएको छ ।

यस्तै सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या दुई सय ३९ पुगेको छ ।
https://www.facebook.com/mohpnep/videos/794339527985557/

प्रतिक्रिया
सम्बन्धित समाचार