मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

रोनाल्डोले दुई गोल गर्दा पनि यूभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरियो

शनिबार, साउन २४ २०७७

काठमाडौं,२४ साउन / क्रिस्टियानो रोनाल्डोको दोहोरो गोल मद्दतमा शुक्रबार राति अन्तिम १६ को दोस्रो लेगमा लियोनमाथि २-१ को जित निकालेपनि यूभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरिएको छ।

पहिलो लेगमा १–० को जित निकालेको लियोनले समग्रमा २-२ को बराबरी भएपनि अवे गोलका आधारमा अन्तिम आठमा स्थान बनाएको हो।

मेम्फिस डिपेले १२ औं मिनेटमा लियोनलाई अग्रता दिलाए। ४३ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई बराबरीमा ल्याए।

यस्तै ६०औं मिनेटमा रोनाल्डोले दोस्रो गोल गरेपछि युभेन्ट्सलाई २–१ ले विजयी भएको थियो। तर त्यो क्वार्टरफाइनलमा प्रवेश गर्न पर्याप्त भएन।

प्रतिक्रिया
सम्बन्धित समाचार