मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

टेबल टेनिसका राजेन्द्रलाई ‘हिरो अवार्ड’

मंगलबार, साउन २० २०७७

काठमाडौं । टेबल टेनिसका प्रशिक्षक राजेन्द्र दुलालले हिरो अवार्ड प्राप्त गरेका छन् । महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणको समय सामाजिक उत्तरदायित्व अन्तर्गत आम सर्वसाधारणमा सहयोग पुर्याएको भन्दै दुलाललाई हिरो अवार्ड प्रदान गरिएको हो ।

अमेरिकाको क्यालिफोर्नियास्थित हामी नेपाली ग्लोबल नामक संस्थाले दुलाललाई सो अवार्ड प्रदान गरेको हो ।

कोरोना माहामारीको समय दुलालले करिब ५० घर परिवारलाई आर्थिक सहयोग गरेका थिए । महामारीको समय उनले गरेको सहयोगमा आधारित रहेर दुलाललाई अवार्ड प्रदान गरिएको संस्थाले जनाएको छ ।

टेबल टेनिसका पूर्व राष्ट्रिय खेलाडी दुलाल हाल सशत्र प्रहरी बल (एपीएफ)को प्रशिक्षकको रुपमा कार्यरत रहेका छन् ।

१३ औं दक्षिण एसियाली खेलकुद सागमा उनले टेबल टेनिसको म्यानेजरको भूमिका निर्वाह गरेका थिए ।

नेपालले टेबल टेनिसतर्फ १३ औं सागमा ऐतिहासिक सफलता हाल पारेको थियो ।

नेपालका पुरुष खेलाडीले ऐतिहासिक कास्य पदक जित्नुका साथै नेपालले टिम ईभेन्ट्समा पहिलो पटक रजत पदक हात पारेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार