काठमाडौं(जस)–प्रभु इन्स्योरेन्स लिमिटेड र चरक मेमोरियल मेडिकेयर हस्पिटलबीच नगद रहित सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा चरक मेमोरियल मेडिकेयर हस्पिटलका अध्यक्ष डा. बद्री पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बिमा गराउने ग्राहकहरुले चरक मेमोरियल मेडिकेयर हस्पिटलमा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभएतापनि बिमालेखको सिमासम्म नगद रहित सुविधा प्राप्त गर्न सक्नेछन् ।