गोर्खा धार्चे गाउपालिकाका स्थानीय जोन घले एक मेहनती र सामाजिक उत्तरदायित्वको धनि व्यक्तित्व भएको उनि आफैले प्रमाणित गरेका छन । घले गोरखाको उत्तरि क्षेत्रका एक ताराका रुपमा उदाएका छन । घले एक सफल ब्यबसायि र सधै कर्ममा बिश्वास गर्ने प्रवृतिका एक प्रमाण नै बनेका छन । उनि हाल अष्ट्रेलियामा व्यवसायमा चम्किरहेका छन ।

मिलनसार तथा सामाजिक चरित्रको उनको ब्यक्तित्वमा कहिल्यै पछाडि फर्केर हेर्न नपरेको उनका छिमेकीहरु बताउछन उनले हालै मात्र गोरखाको आफ्नै जन्म क्षेत्र धार्चे गाउपालिकामा बन्दै गरेको ४:५५ मेघावाटको बिकास हाईड्रो पावर कम्पनि प्रा लि द्वारा निर्मित माछाखोला जलबिधुत आयोजनामा समेत स्थानिय बिकाश भएकाले ठुलो लगानी गरि उनि उक्त कम्पनिका बोर्ड डाईरेक्टर समेत हुन गरि। घले अष्ट्रेलियामा घले हार्बेस्टिंग कम्पनिका समेत डारेक्टर हुन । सधै गोरखा र गोरखालिको सहयोगार्थ भुमिकामा अग्रपंक्तिमा उभिन चाहने उनि गोरखा धार्चे गाँउपालिकाका जनताको दुखःमा सधै दुत बनेर आफ्नो हात अगाडि बढाउने गरिरहेका छन यो उनको बिगत र आजका कामहरुले प्रमाणित गरिसकेको छ उनले स्थानिय स्तरको धेरै कार्यमा सामाजिक भुमिकामा ठुलो सहयोग गरीरहेको स्थानिय राकेश गुरूङले जनसवाललाई बताए । भुकम्पले थिलो थिलो पारेर गोरखा रोईरहेको बेलामा त्यस क्षेत्रका जनतालाई जस्ता पाता र बिभिन्न भौतिक संरचनाको सामाग्रि लगायत धेरै सहयोग गरेर स्थानियको दुखमा मलमपट्टि लगाएर जनतालाई आफ्नो साथ र भुमिकाको परिचय गराईसकेका छन् घलेले ।

घलेले यतिबेला विश्वमा कोरोना(कोभिड-१९) को महामारीले तहसनहस बनाएको बिषम परिस्थिमा पनि बिशेष गरि गोरखाको उत्तरि क्षेत्रलाई खाद्यान्न लगाएत बिबिध सहयोग गर्ने घोषणा गरेका छन उनले ४०० बोरा चामल सोहि अनुपातमा नुन र तेल समेत दिने गरि योजना बनाएको जनसवाललाई बताए । उनले आफुले दुखः सुख बुझेको जनाउदै आफुजस्तै सबै मान्छेको जिवन एउटै भएकाले यतिखेर आफ्नो जन्मभुमि तथा आफ्नो क्षेत्रमा कोहि पनि दाजुभाई आमावुवा तथा स्थानियहरू भोकले खान नपाएर समस्यामा नपरुन भनेर आफ्नो पसिना साटन चाहेको बताए ।
घलेले आफुले दिल खोलेर समाजको दुखःमा सहयोग गर्ने गरेको समेत बताए । उनले आफ्नो बुवा-आमाबाट आशिर्वाद पाएकोले जन्मभुमिप्रति सधै उत्तरदायि भएको बताए त्यसैले यतिखेर नेपालमा कोभिड -१९ को दुखद परिस्थिको सबैले सामना गर्नुपरेको यस संकटका बेलामा आफ्नो समाजप्रतिको उत्तरदायित्व सम्झदै आफ्नो घरमा भाड़ा तिरेर बस्नुहुने सबैलाई यतिखेर १ महिनाको भाडा छुट दिने घोषणासमेत गरे ।

काठमाण्डौ र गोरखामा रहेको आफ्नो ४ वटै घरमा भाडामा बस्ने सबैलाई १ महिनाको घरभाडा छुट दिने घोषणा घलेले गरेका छन मासिक धन्दै ३ लाख बराबर भाड़ा बापत आउने रकम छुट र कोरोनाको महामारीबाट समस्यामा परेका नेपालीलाई ठुलो सहयोग गरेर घलेले यस मानवीय बिपतको अबस्थामा मानबियता प्रस्तुत गरेका छन् । उनले धन भन्दा मन ठुलो हो भन्ने भनाईलाई पुस्टि गर्दै सामाजिक कार्यकर्ताको रुपमा आफुलाई परिचित गराएका छन् ।